रौतहटबाट ३ सय ३४ केजी गाँजा बरामद

nepaltathya_news nepaltathya_news
|
आइतबार, आश्विन ५, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  • ५ असोज, रौतहट  ।
  • रौतहट  इशनाथ नगरपालिकाको मोतिपुरबाट प्रहरीले लागूऔषध गाँजा ३ सय ३४ केजी बरामद गरेको छ।
  • नेपाल भारत सीमावर्ती क्षेत्रबाट लागुऔषध गाँजा सहितको पिकअपलाई शनिवार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।

५ असोज, रौतहट  ।

रौतहट  इशनाथ नगरपालिकाको मोतिपुरबाट प्रहरीले लागूऔषध गाँजा ३ सय ३४ केजी बरामद गरेको छ। नेपाल भारत सीमावर्ती क्षेत्रबाट लागुऔषध गाँजा सहितको पिकअपलाई शनिवार राति प्रहरीले नियन्त्रणमा लिएको हो । ईशनाथ नगरपालिका–८ मनसरी हुँदै भारततर्फ लैजाँदै गरिएको अवस्थामा सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी राजु कार्कीले जानकारी दिए ।

उनका अनुसार प्रदेश ३–०१–०२२ च १८६१ नम्बरको पिकअप गाडीलाई रोक्न खोज्दा सडकमै रोकेर चालक फरार भएका हुन । उक्त पिकअपलाई प्रहरीले चेकजाँच गर्दा माथिबाट २० पोका काउली लोड भएपनि तल २६ पोका गाँजा फेला परेको रौतहट प्रहरी प्रवक्ता एवं डिएसपी कार्कीले बताए । प्रहरीका अनुसार तरकारी लोड गरिएको जस्तो देखाइए पनि पिकअपभित्र २६ वटा पोकामा लुकाइछिपाइ गरी गाँजा लोड गरिएको थियो । लागूऔषधसहित पक्राउ परेका व्यक्तिहरुको पहिचान खुलाइएको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्रीले दिए राजीनामा
चुम्चेत लघुजलविद्युत् आयोजना मर्मत   
अनुमति विना काठमाडौं आएका ७ जना भारतीय नागरीक सीआईबीको नियन्त्रणमा
मोटरसाइकल ट्रकमा ठो*क्किँदा चालकको मृ*त्यु
आज विश्व क्षयरोग दिवस मनाइँदै
सहकारी छानबिन समितिले गृहमन्त्रीलाई दियो स्वदेश फर्काउनुपर्ने १८ जनाको नाम
काभ्रेमा गाडीको ठक्करबाट एकको मृ*त्यु
एमालेले टुंग्यायो समानुपातिक सांसदको नाम (सूचीसहित)
हेटौँडा–ढल्केबर–इनरूवा ४०० केभी प्रसारण आयोजनाको आज प्रधानमन्त्रीले हेटौँडा सबस्टेशन उद्घाटन गरिँदै
सरकारवादी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयलाई ६८ प्रतिशत सफलता