नेप्से डेढ सय बढी अंकले घटेपछि सरकारले बनायो कार्यदल, ५ दिनमा प्रतिवेदन बनाउनुपर्ने

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, आश्विन ३, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  • ३ असोज, काठमाडौं ।
  • जेनजी प्रदर्शनपछिको पहिलो कारोबारमै सेयरबजार क्र्यास भएपछि सरकारले पुँजीबजारको अवस्था बुझ्न अध्ययन कार्यदल बनाएको छ।
  • अर्थ मन्त्रालयले शुक्रबार धितोपत्र बोर्डका कायममुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन कार्यदल गठन गरेको हो।

३ असोज, काठमाडौं ।

जेनजी प्रदर्शनपछिको पहिलो कारोबारमै सेयरबजार क्र्यास भएपछि सरकारले पुँजीबजारको अवस्था बुझ्न अध्ययन कार्यदल बनाएको छ। अर्थ मन्त्रालयले शुक्रबार धितोपत्र बोर्डका कायममुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन कार्यदल गठन गरेको हो।  नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्स्चेन्जका कामु कार्यकारी निर्देशक निरन्जन फुँयाल र सदस्यसचिवमा अर्थ मन्त्रालयका उपसचिव शरद निरौला रहने गरी सुझाव कार्यदल गठन गरेको हो।

उक्त कार्यदलले पुँजी बजारमा विकसित विसङ्गति तथा समस्याको अध्ययन गरी तत्काल आम लगानीकर्ताको मनोबल बढाउनका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारको बारेमा अध्ययन गर्नेछन्। अध्ययनपछि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना पेस गर्नेछन्। यसका लागि मन्त्रालयले कार्यदललाई पाँच दिनको समय दिइएको छ। जेनजीको प्रदर्शनपछि खुलेको सेयरबजारमा १ सय ६० अंकले नेप्से घटेको थियो। बजारमा लगानीकर्ताको आत्मविश्वास गुमेको भन्दै लगानीकर्ताले नीतिगत सम्बोधन माग गर्दै आएका थिए। मन्त्रालयले पुन: लगानीकर्ताको आत्मविश्वास बढाउनका लागि उक्त कार्यदल गठन गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूराना पार्टीका कमजोरीहरुलाई देखाएर संविधानमाथि आक्रमण भयो : उपाध्यक्ष गुरुङ
गौशालामा एकैपटक ठोक्किए आठवटा सवारी
यी हुन् बीपी राजमार्ग छलेर काठमाडौं प्रवेश गर्ने तीन विकल्प
सशस्त्र प्रहरीद्वारा पर्साबाट डेढ लाख क्याप्सुल लागूऔषध बरामद
युवाहरू भविष्यको मात्र होइनन्, वर्तमान राष्ट्र निर्माणका पनि शक्ति हुन् : प्रचण्ड
दाङमा सर्पको टोकाइबाट एक जनाको मृ*त्यु
सेयर बजार २५२८ मा झर्‍यो, घट्यो कारोबार
विवादमा तानिएपछि सुदूरपश्चिमका वनमन्त्री चौधरीले दिए राजीनामा
कानुन न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन संसद्‍मा पेस
गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू