असोजका लागि थप घट्यो ब्याजदर

nepaltathya_news nepaltathya_news
|
मंगलबार, भाद्र ३१, २०८२
|
|
८ पटक हेरिएको
Shares

सारांश

  • ३१ भदौ, काठमाडौं ।
  • असोज महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर थप घटेको छ ।
  • २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा भदौको तुलनामा असोजमा ब्याजदर घटेको हो ।

३१ भदौ, काठमाडौं ।

असोज महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर थप घटेको छ । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा भदौको तुलनामा असोजमा ब्याजदर घटेको हो । भदौको तुलनामा असोजमा वाणिज्य बैंकहरूको अधिकतम व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.११३५ प्रतिशत विन्दुले घटेको छ ।

भदौ महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.५७७ प्रतिशत रहेकोमा असोज महिनाको लागि यो ५.४६३५ प्रतिशतमा कायम भएको छ । भदौको तुलनामा असोजमा १० बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ६ प्रतिशतमा कायम भएको छ । ब्याजदर घटाएका बैंकमा कृषि विकास, एभरेस्ट, नेपाल, एनआईसी एसिया, प्राइम कमर्सियल, कुमारी, सानिमा, नेपाल एसबीआई, एनएमबी, सिटिजन्स छन् । सात बैंकले स्थिर राखेका छन् । स्थिर राखेका बैंकमा माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, नबिल, ग्लोबल आईएमई, सिद्धार्थ र हिमालयन र इन्भेस्टमेन्ट मेगा छन् । लक्ष्मी सनराइज र स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने सामान्य बढाएका छन् ।

छोटो अवधिका लागि मुद्दती निक्षेपमा न्यून र लामो अवधिका लागि केही बढी ब्याजदर बैंकले दिँदै आएका छन् । व्यक्तिगत मुद्दतीमा बैंकहरुले तोकेको अधिकतम ब्याजदर लामो अवधिका लागि हो । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा कर्जाको ब्याज पनि स्वतः घट्न जान्छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत दरलाई घटाएर ब्याजदर घटाउन दवाव दिएपछि साउन र भदौमा पनि बैंकहरुले ब्याजदर घटाएका थिए । हाल नीतिगत दर ४.५ प्रतिशत छ । त्यस्तै स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २.७५ प्रतिशत छ । कर्जा प्रवाहमा सुस्तता कायम रहँदा बैंकहरुको ब्याजदर घटिरहेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युरोको भाउ बढ्दा अमेरिकी डलर घट्यो, अरुको कति ?
विनोदको अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य
प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा आकस्मिक अवतरण
कोशीमा कांग्रेसका चार मन्त्रीले लिए शपथ
सुदूरपश्चिम पृतनाबाट सुरु भयो भूपू सैनिक सम्मेलन
आजदेखि न्युरोड क्षेत्रको सडकमा पार्किङ निषेध
कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिने
मोटरसाइकल दुर्घटनामा बाबुको मृ*त्यु, छोरा घाइते
घट्यो सुनको मूल्य, तोलामा १,७०,३०० रुपैयाँ कायम
एमालेमा खुला प्रतिस्पर्धा हुन्छ,उम्मेदवारी घोषणा गर्न कसैले रोक्दैन : ओली