शीलतनिवासको खण्डहर भवन बाहिर तीन मन्त्रीले लिए शपथ

nepaltathya_news nepaltathya_news
|
सोमबार, भाद्र ३०, २०८२
|
|
९ पटक हेरिएको
Shares

सारांश

  • ३० भदौ, काठमाडौं ।
  • राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर सोमबार नवनियुक्त तीन मन्त्रीहरुले शपथ लिएका छन् ।
  •   प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन्  ।

३० भदौ, काठमाडौं ।

राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर सोमबार नवनियुक्त तीन मन्त्रीहरुले शपथ लिएका छन् ।  प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन्  ।

जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि  शीतल निवास पनि बस्न नमिल्ने अवस्थामा पुगेको थियो । त्यसैले गत शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको शपथ राष्ट्रपति निवास भित्रै भएको थियो  ।आज चाहिँ खण्डहर कार्यालय बाहिर पाल टाँगेर मन्त्रीको शपथ कार्यक्रमको व्यवस्थापन मिलाइएको हो ।

आजको शपथमा अन्य अतिथीहरुलाई पनि बोलाइएको छ । सरकारी निकाय र कूटनीतिक नियोगका प्रमुखहरु पनि शपथमा उपस्थित छन् । आज तीन मन्त्रीहरु अर्थमन्त्री रामेश्वर खनाल, उर्जा, भौतिक योजान र सहरी विकासमन्त्री  कुलमान घिसिङ र  गृह र कानुनमन्त्री  ओमप्रकाश अर्यालको शपथ भएको हो ।घिसिङलाई तीन र अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कान्ति बाल अस्पताललाई काठमाडौँ महानगरकाे साढे पाँच कराेड सहयोग
सुनसहित विमानस्थलबाट एक महिला पक्राउ
पिपरा गाउँपालिकामा इन्धनको नाममा “ब्रम्हलुट” एक वर्षमा ४० लाखको इन्धन
कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते
जेनजी आन्दोलनपछि बन्द रहेको मौलाकाली केबलकार सञ्चालनमा
२० वर्षीया युवतीलाई घाँटी थिचेर बलात्कार र लुटपाट
कालिकोटमा विरासत जोगाउने दाउमा कम्युनिष्ट पार्टी, ‘लालकिल्ला’ भत्काउने कसरतमा काँग्रेस
माधव नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल र बङ्गलादेशबीचकाे फाइनल खेल शुरू
प्रधानमन्त्रीलाई प्रचण्डको चुनौती : २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्नुस्