शुक्लाफाँटा नजिक राजमार्गमै लुटपाट, दुई मजदुर लुटिए

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, भाद्र २७, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २७ भदौ, कञ्चनपुर ।
  • कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत अर्जुनी क्षेत्रमा सेतो स्कुटरमा आएका तीन जना अपरिचित व्यक्तिले दुई मजदुरलाई लुटपाट गरेका छन् ।
  • कालिकोट, पलाता–७ का कलमबहादुर धामी र नैनबहादुर धामीलाई खुकुरी देखाउँदै मोबाइल र १४ हजार भारु लुटिएको पीडितले बताएका छन् ।

२७ भदौ, कञ्चनपुर ।

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत अर्जुनी क्षेत्रमा सेतो स्कुटरमा आएका तीन जना अपरिचित व्यक्तिले दुई मजदुरलाई लुटपाट गरेका छन् । कालिकोट, पलाता–७ का कलमबहादुर धामी र नैनबहादुर धामीलाई खुकुरी देखाउँदै मोबाइल र १४ हजार भारु लुटिएको पीडितले बताएका छन् । ‘सवारीसाधन नपाएपछि महेन्द्रनगरबाट पैदल हिँडिरहेका थियौँ ।

तीन जना स्कुटरमा आएका व्यक्तिले खुकुरी देखाउँदै मोबाइल र पैसा खोसे,’ कलमबहादुरले बताए । उनीहरू पाँच जना साथीहरू फर्किँदै गरेका मध्ये दुई जना मात्र लुटपाटमा परेका हुन् । भारतमा मजदुरी गर्न गएका उनीहरूले काम नपाएपछि घर फर्कने क्रममा बीच बाटोमै घटनामा परेका हुन् । लुटपाटबारे इलाका प्रहरी कार्यालय झलारीमा जानकारी गराइएको छ । प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार पीडितले दिएको विवरणका आधारमा लुटेराको खोजी कार्य भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?