प्रचण्डकी छोरी गंगाको घरमा फेला परेको श*वको सनाखत

nepaltathya_news nepaltathya_news
|
बुधबार, भाद्र २५, २०८२
|
|
२ पटक हेरिएको
Shares

सारांश

  • २५ भदौ, काठमाडौं ।
  • नेकपा माओवादी केन्द्रकी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालको घरमा भेटिएको शवको पहिचान खुलेको छ।
  • ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको गंगाको घरबाट मंगलबार जलेको अवस्थामा शव भेटिएको हो।

२५ भदौ, काठमाडौं ।

नेकपा माओवादी केन्द्रकी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालको घरमा भेटिएको शवको पहिचान खुलेको छ। ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको गंगाको घरबाट मंगलबार जलेको अवस्थामा शव भेटिएको हो। ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले स्थानीय २५ वर्षीय सुरज खत्री भन्ने व्यक्तिको शव रहेको जानकारी दिएका छन्।

‘घरभित्र जलेको अवस्थामा एक जना पुरुषको शव भेटिएको छ,’ अधिकारीले भने,‘सुनाकोठीकै २५ वर्षीय सुरज खत्रीको रुपमा शवको पहिचान भएको हो।’ उनले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको बताए। शव आगजनी गर्ने व्यक्तिमध्येकै हुन सक्ने अनुमान गरिए पनि अहिले नै पुष्टि गर्ने अवस्था नरहेको उनको भनाइ छ। जेनजी प्रदर्शनका क्रममा युवाहरूले मंगलबार गंगाको घरमा आगजनी गरेका थिए। आगजानीका कारण घर जलेर पूर्ण रूपमा नष्ट भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँमा सशस्त्र प्रहरीको पनि निःशुल्क बस सेवा
उपसभामुख नेपाल नफर्किएसम्म हटाउने प्रस्ताव अगाडि नबढ्ने
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल
एमालेको केन्द्रीय सदस्यमा स्वास्थ्य क्षेत्रबाट डा.गौतम उम्मेदवार
रिगलको कैद मिनाहामा सर्वोच्चले माग्यो सरकारसँग जवाफ
एमाले अध्यक्ष ओली र चिनियाँ उपमन्त्री हायानबीच भेटवार्ता
प्रतिनिधिसभाः मर्यादापालकलाई खाजा र भत्ताको व्यवस्था गर्न आग्रह
यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान
उडिरहेको विमानमा एक व्यक्तिले आपतकालिन ढोका खोल्दा १२ जना घाइते। 
मध्यपहाडी लोकमार्गको रुकुमपूर्व खण्ड १९ दिन बन्द हुने