गण्डकीका मन्त्री विन्दुकुमार थापाको भवनमा थप एक महिलाको श*व फेला

nepaltathya_news nepaltathya_news
|
बुधबार, भाद्र २५, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  • २५ भदौ, पोखरा।
  • आन्दोलनकारीले मंगलबार जलाइदिएको पोखरा लेकसाइडस्थित गण्डकीका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको अंशुभरा ग्रुपको भवनमा एक महिलाको शव फेला भेटिएको छ ।
  • भवनमा बिहान जलेको अवस्थामा महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।

२५ भदौ, पोखरा।

आन्दोलनकारीले मंगलबार जलाइदिएको पोखरा लेकसाइडस्थित गण्डकीका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको अंशुभरा ग्रुपको भवनमा एक महिलाको शव फेला भेटिएको छ । भवनमा बिहान जलेको अवस्थामा महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । विन्दुकुमार थापाका भाइ ध्रुवो नयाँबजारस्थित भरमा रहेको गाडीको स्वरूममा पनि बिहान एक महिलाको शव फेला परेको थियो । शरीर पूरै जलेको अवस्थामा बिहान शव फेला परेको प्रहरीको भनाइ छ ।

आन्दोलनकारीले मन्त्री थापाको घर, व्यावसायिक प्रतिष्ठान अशुंभरा र बगैंचा रिसोर्टमा तोडफोड, लुटपाट र आगजनी गरेका थिए । उनकै भाइ ध्रुवको भर र गाडीको स्वरूममै आगो लगाइदिएका थिए । मंगलबार आन्दोलनकारीले पोखराका प्रमुख कार्यालय सबै जलाइदिएका छन् भने मन्त्री थापा, मेयर धनराज आचार्य, नेता राजीव पहारीको घर र बगैंचासँगै भरत पहारीको होटल सरोबर र जितु गुरूङको बरपिपल रिसोर्टसमेत तोडफोड र आगजनी गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिकूल मौसमले हवाई उडान प्रभावित
सर्वोच्चको आदेश- पाथीभरामा केबलकारको काम रोक्नू
अर्बपति एलन मस्कले खोले नयाँ राजनीतिक पार्टी
दोस्रो चरणको युद्धविराम सफल नभए फेरि आक्रमण थाल्ने इजरेली प्रधानमन्त्रीको चेतावनी
युरोपका तीन ठूला विमानस्थलमा साइबर हमला
वैदेशिक रोजगारमा जान लागेका व्यक्तिहरुको लागी अभिमुखीकरण तालिम
रौतहटबाट चार महिनामा एक करोड बढीका अवैध सामान बरामद
कक्षा १२ को पूरक परीक्षाको तालिका परिवर्तन
सवारी दुर्घटना न्यूनीकरण उद्देश्यले बरहथवामा ट्राफ़िक डे संचालन 
दोलखामा मोटरसाइकल दुर्घटनामा गौरीशंकर बहुमुखी क्याम्पसका स्ववियु सभापति सहित दुई युवकको मृत्यु