देउवाको पोस्टमा बालेनको कमेन्ट : यो पोस्ट कुन भीपीएन बाट हो ,नेपाली हो कि विदेशी

nepaltathya_news nepaltathya_news
|
आइतबार, भाद्र २२, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • सत्तारुढ दल कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारद्वारा प्रतिबन्धित सामाजिक सञ्जाल चलाएका छन् ।
  • उनले फेसबुकमा हिजो आफ्नो सार्वजनिक कार्यक्रमसँग सम्बन्धित एउटा पोस्ट गरे ।

काठमाडौं । सत्तारुढ दल कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारद्वारा प्रतिबन्धित सामाजिक सञ्जाल चलाएका छन् । उनले फेसबुकमा हिजो आफ्नो सार्वजनिक कार्यक्रमसँग सम्बन्धित एउटा पोस्ट गरे ।

देउवाले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल उराँव संघको स्थापना दिवस तथा करम पूजा कार्यक्रमलाई सम्बोधन गरेको भन्दै तस्बिरहरू हालेका थिए । उक्त पोस्टमा सयौँ कमेन्टहरू आएका छन्, अधिकांश नकारात्मक । त्यसमध्ये एउटा छ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको । साहले देउवाको कमेन्ट बक्समा गएर कटाक्षपूर्ण टिप्पणी गरेका हुन् । देउवाले भीपीएनको सहारामा फेसबुक चलाइरहेको छ र आफूले पनि चलाउने गरेको बालेनको संकेत छ । भिपिएन चलाउन गाह्रो हुने अनुभव उनले सुनाएका छन् । उनले लखेका छन्, ‘यो पोस्ट कुन भीपीएन बाट हो ,नेपाली हो कि विदेशी । सारै गारो हुने रहेछ भीपीएनबाट चलाउन त !!’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोल्पामा जिप दुर्घटना, २ जना घाइते
सरकारको नाममा धेरै ठूलो बदनामी भइरहेको छ : सभापति देउवा
चितवनमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते
सांसद शाहीको प्रधानमन्त्रीलाई प्रश्न: क्रिकेट खेलाडीलाई दिने भनिएको रकम किन रोकेको ?
रहरले नभइ परिस्थितिले प्रधानमन्त्री बनेकी हुँ : सुशीला कार्की
खादा मालाले एयरपोर्टको सुन्दरता बिगार्‍यो, नलगाइ आउनुः विमानस्थल
आरजु राणा कैलाली–५ बाट एक नम्बरमा सिफारिस, सर्वसम्मत निर्णय
एमाले महाधिवेशनमा भौतिक रुपमा उपस्थित नभए पनि म साथमै छु : विद्या भण्डारी
ए डिभिजन लिगमा आज दुई खेल हुँदै। 
एनसेलको शेयर खरिदबिक्रीविरुद्ध अनेरास्ववियुको विरोध प्रदर्शन