वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, भाद्र २०, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • २० भदौ, काठमाडौं ।
  • वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने पर्सा विन्दावासिनी गाउँपालिका-५ घर भएका ३७ वर्षीय तुफायल मिया जोलाहा, काठमाडौं कीर्तिपुर नगरपालिका-५ बस्ने ५३ वर्षीय सहनसिल महर्जन, ललितपुर बस्ने रौतहट परोहा नगरपालिका-१ घर भएका २० वर्षीय बिक्रम साह र बाँके कोहलपुर नगरपालिका-१२ घर भएका २७ वर्षीया हरिकला खाँण ठकुरी (थापा) रहेका छन् ।

२० भदौ, काठमाडौं ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने पर्सा विन्दावासिनी गाउँपालिका-५ घर भएका ३७ वर्षीय तुफायल मिया जोलाहा, काठमाडौं कीर्तिपुर नगरपालिका-५ बस्ने ५३ वर्षीय सहनसिल महर्जन, ललितपुर बस्ने रौतहट परोहा नगरपालिका-१ घर भएका २० वर्षीय बिक्रम साह र बाँके कोहलपुर नगरपालिका-१२ घर भएका २७ वर्षीया हरिकला खाँण ठकुरी (थापा) रहेका छन् ।

पक्राउ मध्ये तुफायलले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ३० हजार रूपैयाँ, सहनसिलले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख २५ हजार रूपैयाँ, बिक्रमले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख १० हजार रूपैयाँ र हरिकलाले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख २३ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको

प्रहरीले तुफायललाई काठमाडौं महानगरपालिका-२६ बाट बुधबार तथा सहनसिललाई काठमाडौं कीर्तिपुर नगरपालिका-५ बाट, बिक्रमलाई काठमाडौं महानगरपालिका-३२ बाट र हरिकलालाई काठमाडौं महानगरपालिका-१२ बाट बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का
सशस्त्र प्रहरी बल राष्ट्रको भरोसायोग्य सुरक्षा अंग बनेको छ : प्रधानमन्त्री कार्की
कांग्रेस सभापति देउवा सिंगापुरबाट आज स्वदेश फर्किँदै
गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न शासकीय चरित्रलाई बदल्नुपर्छः राष्ट्रपति पौडेल
ललितपुरको पुलचोकमा सडक भासियो
वर्षापछि बाढी र पहिरो जाँदा ६ ठाउँमा सडक अवरुद्ध
ड्रोन, सीसीटीभी र गोप्रो क्यामेराबाट आजको प्रदर्शनको निगरानी गर्दै प्रहरी
आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना
व्यवस्थापनमा सुधार गरिएसँगै जनकपुर अस्पतालमा दैनिक १२ सय बिरामीको उपचार
संवैधानिक परिषद्को बैठक बस्दै