जनकपुरमा मूर्ति विसर्जनका क्रममा हिन्दू–मुस्लिम बीच झडप

nepaltathya_news nepaltathya_news
|
शनिबार, भाद्र १४, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • धनुषा।
  • धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरारुपैठा झण्डाचोकमा शनिबार साँझ गणेश पूजाको मूर्ति विसर्जनलाई लिएर हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ।
  • मूर्ति विसर्जनका लागि हिन्दू समुदायले जुलुस मुस्लिम बस्ती हुँदै लैजाने क्रममा विवाद उत्पन्न भएपछि दुई पक्षबीच ढुंगामुढासहित झडप भएको प्रहरीले जनाएको छ।

धनुषा। धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरारुपैठा झण्डाचोकमा शनिबार साँझ गणेश पूजाको मूर्ति विसर्जनलाई लिएर हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ। मूर्ति विसर्जनका लागि हिन्दू समुदायले जुलुस मुस्लिम बस्ती हुँदै लैजाने क्रममा विवाद उत्पन्न भएपछि दुई पक्षबीच ढुंगामुढासहित झडप भएको प्रहरीले जनाएको छ।

स्थिति नियन्त्रणमा लिन प्रहरीको टोलीले चार राउन्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुण बहादुर सिंहले जानकारी दिए। उनका अनुसार हाल त्यहाँको अवस्था तनावग्रस्त भए पनि थप अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो सुरक्षा व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ