चीन भ्रमणबारे प्रधानमन्त्रीले संसद्लाई गराए जानकारी

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, भाद्र १३, २०८२
|
|
९ पटक हेरिएको
Shares

सारांश

  • १३ भदौ, काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिबाट हुने आफ्नो चीन भ्रमणबारे संसद्लाई जानकारी गराएका छन् ।
  • शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे जानकारी गराएका हुन् ।

१३ भदौ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिबाट हुने आफ्नो चीन भ्रमणबारे संसद्लाई जानकारी गराएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे जानकारी गराएका हुन् । आजै बसेको मन्त्रिपरिषद् बैठकले भोलिबाट हुने प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गरेको थियो ।  भोलि (भदौ १४) गतेबाट १८ गतेसम्मका लागि प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डलको टोली चीन भ्रमणमा जाँदैछ । चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा उनी बुधबारसम्म चीनमा रहेछन् ।

त्यहाँ उनी सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिनेछन् । भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, सांसद् छविलाल विश्वकर्मासहितका उच्च अधिकृतहरू रहने बताइएको छ । एससीओ सम्मेलन १५ र १६ भदौमा उत्तरी चीनको तियान्जिनमा आयोजना हुँदैछ ।

त्यसको उद्घाटन चिनियाँ राष्ट्रपति सीले गर्दैछन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य मुलुकका सरकार तथा राष्ट्रप्रमुख समेत उपस्थित हुनेछन् । मन्त्रालयका अनुसार, त्यसक्रममा ओलीले चिनियाँ राष्ट्रपति सीसँग अलग्गै भेटवार्ता समेत गर्नेछन् भने १७ भदौमा उनले तिआन्जिनमा आयोजना हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन समेत गर्नेछन् । त्यसक्रममा उनले विभिन्न मुलुकका नेताहरूसँग समेत भेटवार्ता गर्ने कार्यक्रममा छ ।

सोही क्रममा उनले चीनका उपराष्ट्रपति हान झेङसँग समेत भेटवार्ता गर्ने छन् । त्यसक्रममा प्रधानमन्त्री ओली जापानी आक्रमणविरुद्ध चीनको प्रतिरोध युद्ध र विश्वव्यापी फासिवादविरोधी युद्धमा विजय प्राप्तिको ८० औं वार्षिकोत्सव कार्यक्रममा समेत सहभागी हुने भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राज्य व्यवस्थामा सहकारीको प्रसंग उठेपछि एमाले सांसदको आपत्ति
भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाईँदै
युक्रेनमा रुसको आक्रमण, १२ सर्वसाधारण मारिए
बहुदरमाई नगरपालिकाका प्रशासकीय अधिकृतसहित दुई जना अख्तियारको नियन्त्रणमा
भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग
जेनजी आन्दोलनकारीबाट प्रहरीले जोगाएको करिब १८ लाख रुपैयाँ माछापुच्छ्रे बैंकका प्रतिनिधिलाई बुझायो
चार महिनापछि ताप्लेजुङमा हवाई सेवा सुरु
नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य
प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै
संविधान र पदीय गरिमा भुल्दा गुम्यो प्रदेश प्रमुख पद