शुक्रबार भूमि विधेयक पारित गर्दै प्रतिनिधिसभा

nepaltathya_news nepaltathya_news
|
बिहिबार, भाद्र १२, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • १२ भदौ, काठमाडौं ।
  • शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पारित गर्ने गरी सम्भावित कार्यसूची तय भएको छ ।
  • बिहीबार बसेको सभामुख देवराज घिमिरे सहित प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठकपछि सम्भावित कार्यसूची सार्वजनिक भएको हो ।

१२ भदौ, काठमाडौं ।

शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पारित गर्ने गरी सम्भावित कार्यसूची तय भएको छ । बिहीबार बसेको सभामुख देवराज घिमिरे सहित प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठकपछि सम्भावित कार्यसूची सार्वजनिक भएको हो । जसअनुसार शुक्रबारको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

छलफलमा सांसदहरूले उठाएका विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अधिकारीले जवाफ दिनेछन् । त्यसपछि मन्त्री अधिकारीले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले यही भदौ ५ गते यो विधेयक पास गरेर भदौ ६ गते सभामा विधेयकको प्रतिवेदन पेस गरेको थियो । शुक्रबार पास गरेर प्रतिनिधिसभाले राष्ट्रिय सभामा पठाउन लागेको हो ।

राष्ट्रिय सभाले पनि पास गरेपछि पुन: प्रतिनिधिसभामा आउँछ । प्रतिनिधिसभामा फर्किएपछि सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रुपमा रुपान्तरित हुन्छ । यो विधेयक ऐनमा रुपान्तरित भएपछि भूमि ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र वन ऐन २०७६ मा संशोधन हुनेछ । यी ऐनमा संशोधन भएसँगै घरजग्गा व्यावसायीले हदबन्दी छुटमा बनेको आवास बेच्न पाउनेछन् ।

भूमिको वर्गीकरण गर्दा अवास र आवासीयमा नपरेका जग्गा समेत कित्ताकाट गरेर बेच्न पाउनेछन् । अव्यवस्थित बसोबासीलाई समेत वर्गीकरण गरेर राजयले जमिन दिने बाटो खुला हुनेछ । यो सँगै भूमिहीन दलित, भूमिहीन सुकुुमबासीलाई समेत जग्गा दिने व्यवस्था राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेदरल्यान्ड्सद्वारा नेपाललाई १४१ रनको लक्ष्य
बालबालिकालाई बिधालयमा टिकाउनका लागि अभिमुखिकरण कार्यक्रम 
वायु प्रदुषणका कारण बैङ्ककका करिब २०० विद्यालय बन्द
उपसभामुखलाई हटाउने कार्यको विरोध गर्छौं : प्रचण्ड
त्रिभुवन विमानस्थल अब ८ घण्टामात्र बन्द
चन्द्रागिरि केबलकार तथा रिसोर्ट पुनः सञ्चालनमा
इरानको आणविक भण्डार नियन्त्रणमा लिने रणनीतिमा ट्रम्प प्रशासन
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा ३ जना पक्राउ
सिमलताल दुर्घटना : त्रिशुलीको भेलबाढीले दुई ओटा बस बगाएको निष्कर्ष, गृहमन्त्रीले बुझे प्रतिवेदन
अदालतमा उपस्थित भए रवीन्द्र मिश्र, तारादेवी महर्जनको इजलासमा थुनछेक बहस हुने