प्रधानमन्त्रीको सम्बोधनमा रास्वपाले संसद् अवरोध नगर्ने

nepaltathya_news nepaltathya_news
|
बिहिबार, भाद्र १२, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • १२ भदौ, काठमाडौं ।
  • भिजिट भिसा दुरुपयोग प्रकरणको विषयलाई लिएर लामो समयदेखि संसद बहिस्कार गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्न दिने भएको छ ।
  • शुक्रबारको सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे जानकारी दिनेछन् ।

१२ भदौ, काठमाडौं ।

भिजिट भिसा दुरुपयोग प्रकरणको विषयलाई लिएर लामो समयदेखि संसद बहिस्कार गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्न दिने भएको छ । शुक्रबारको सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे जानकारी दिनेछन् ।

बिहीबार सभामुखसँगको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीले सभालाई सम्बोधन गर्ने क्रममा सभा बहिष्कार नगर्ने बताए । सदनमा बोल्न पाउने कुरा प्रधानमन्त्रीको अधिकारको कुरा भएको उल्लेख गर्दै बोल्न पाउने कुरा अग्राधिकारमा रहने जिकिर उनले बताए ।

आफूहरू संसदमा आन्दोलनमै भएपनि कतिपय कामहरु ख्याल गर्नुपर्ने उनको भनाइ छ । ‘हामी निरन्तर संसदमा आन्दोलनमै छौं । तर कतिपय गर्नुपर्ने कामहरूमा हामीले ख्याल पनि गरेका छौं । भोलि सम्माननीय प्रधानमन्त्रीज्यूले आसन्न उहाँको विदेश भ्रमणको बारेमा चर्चा गर्न खोज्नुभएको होला,’ परियारले भने, ‘त्यो उहाँको कुरा हो ।

सदनमा बोल्न पाउने उहाँको अग्राधिकार रहन्छ समय मागेपछि उहाँले बोल्नुहोला ।’ शनिबार चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले भ्रमणका बारेमा सदनमा जानकारी गराउन लागेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?