राष्ट्रपतिसँग विपिन जोशीका परिवारको भेटवार्ता

nepaltathya_news nepaltathya_news
|
आइतबार, भाद्र ८, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • ८ भदौ, काठमाडौँ ।
  • राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन् ।
  • इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र पुष्पा जोशीले इजरायल पुगेर राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किएका थिए ।

८ भदौ, काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन् । इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र पुष्पा जोशीले इजरायल पुगेर राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किएका थिए ।

विपिनका आमा पद्मा र बहिनी पुष्पाले इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेको र यो विषय अन्तराष्ट्रिय स्तरमा पुगेको बताए । उनिहरुले विपिनको रिहाइका लागि थप पहल गरिदिन पनि आग्रह गरेका छन् । आमा पद्माले  आफ्नो छोरो विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले पहल गर्न आग्रह गरे । सो अवसरमा राष्ट्रपति पौडेलले विपिनको रिहाइका लागि आफूले थप प्रयास गर्ने बताएका थिए ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?