बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, भाद्र ६, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • ६ भदौ, म्याग्दी ।
  • मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम र म्याग्दीको तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडक आज बिहानैदेखि अवरुद्ध भएको छ ।
  •   रघुगङ्गा गाउँपालिका–२ माझखर्क, अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र ७ महभिरमा पहिरो खसेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

६ भदौ, म्याग्दी ।

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम र म्याग्दीको तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडक आज बिहानैदेखि अवरुद्ध भएको छ ।  रघुगङ्गा गाउँपालिका–२ माझखर्क, अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र ७ महभिरमा पहिरो खसेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा खसेको पहिरोले मङ्गला, मालिका र धवलागिरि गाउँपालिका जोड्ने बेनी–दरबाङ सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख विशाल दर्जीले बताए। सडक अवरुद्ध हुँदा सदरमुकाम बेनीदेखि ग्रामीण क्षेत्रको यातायात सम्पर्क टुटेको छ भने यहाँको जनजीवन प्रभावित भएको छ । सडक विभागको डोजर प्रयोग गरेर बेनी–जोमसोम र पूर्वाधार विकास कार्यालयमार्फत बेनी–दरबाङ सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?