गुल्मीको धुर्कोटमा १० वर्षीय बालक मृ*त फेला

nepaltathya_news nepaltathya_news
|
मंगलबार, श्रावण १३, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  • १३ साउन, गुल्मी ।
  • गुल्मीको धुर्कोट गाउँपालिका–४ कालापोखरामा १० वर्षीय बालक मृत अवस्थामा फेला परेका छन् ।
  • उनी आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् ।

१३ साउन, गुल्मी ।

गुल्मीको धुर्कोट गाउँपालिका–४ कालापोखरामा १० वर्षीय बालक मृत अवस्थामा फेला परेका छन् । उनी आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् । स्थानीय राम बहादुर सुनारका छोरा अनमोल सुनार मंगलबार बिहान १० बजेतिर आफ्नै घरको बंगालको काठको दलिनमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए ।

बालकको आमाले झुण्डिएको अवस्थामा देखेर तत्काल पासो काटी खाटमा राखेकी थिइन् । तर त्यसबेलासम्म उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।घटनाबारे स्थानीय देवेन्द्र भण्डारीले प्रहरी चौकी जैसिथोक बरबोटलाई जानकारी गराएका थिए। जानकारी पाएसँगै प्रहरी सहायक निरीक्षक रामदेव सुनारको कमाण्डमा ३ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको कमाण्डमा प्रहरी टोली खटिएको जनाइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनुषाको मिथिला बिहारी नगरपालिकाको कृषि शाखा द्वारा मनायो २१ औँ राष्ट्रिय धान दिवस
चाडपर्वलाई लक्षित गरी पर्यटक बसको अग्रिम टिकट बुकिङ खुला
विशेष कि नियमित महाधिवेशन विवादले दिक्क देउवा आज पनि पदाधिकारीसँग छलफल गर्दै
नागढुंगामा प्रहरी जवानलाई कुट्ने ट्राफिक इन्सपेक्टरलाई जिम्मेवारीबाट हटाइयो
बसिरको अविजित ८६ रनमा आर्मीको मध्यम योगफल
राष्ट्रपतिले जारी गरे भूमि अध्यादेश
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
पर्वतको लाङ्दीमा पहिरोले घर पुरिंदा २ जना बेपत्ता
बालबालिकाको शिक्षामा भोग जगाउन आवशयता रहेको बिज्ञेको भनाई
प्रधानमन्त्री उद्धार कोषलाई सत्संग नेपालद्वारा १० लाख सहयोग