श्रीलंकाविरुद्ध नेपालको सानदार जित

nepaltathya_news nepaltathya_news
|
बुधबार, आषाढ ३२, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  • ३२ असार, काठमाडौं ।
  • नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध सानदार जित निकालेको छ ।
  • बंगलादेशको राजधानी ढाकास्थित वसुन्धरा किङ्स एरेनामा मंगलबार सम्पन्न खेलमा नेपाल ७-० ले नेपाल विजयी भएको हो ।

३२ असार, काठमाडौं ।

नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध सानदार जित निकालेको छ । बंगलादेशको राजधानी ढाकास्थित वसुन्धरा किङ्स एरेनामा मंगलबार सम्पन्न खेलमा नेपाल ७-० ले नेपाल विजयी भएको हो । नेपालको जितमा मिना देउवाको ह्याट्रिकसँगै पूर्णिमा राईले २ गोल गरिन् ।

मिनाले खेलको ८, ४२ र ७० औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् भने समीक्षा मगर र सरिता नाथले समान १ गोल गरे ।जितसँगै नेपालले तीन खेलबाट ६ अङ्क बटुलेको छ। समान खेलबाट बङ्गलादेशको ९ अङ्क छ। नेपालले पहिलो खेलमा भुटानलाई ६-१ ले पराजित गरेको थियो । दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो। श्रीलङ्का भने प्रतियोगितामा जितविहीन छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?