विपक्षीको बहिष्कारबीच मधेशको बजेट पारित

nepaltathya_news nepaltathya_news
|
सोमबार, आषाढ ३०, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • ३० असार, जनकपुरधाम ।
  •   मधेश प्रदेश सरकारको बजेट विपक्षी दलका बहिष्कारबीच पारित भएको छ ।
  • सदनमा विपक्षी दलको शून्य उपस्थितिमा सत्तादलका सांसदहरूले  बजेट बहुमतले पारित गरेका हुन्।

३० असार, जनकपुरधाम । 

मधेश प्रदेश सरकारको बजेट विपक्षी दलका बहिष्कारबीच पारित भएको छ । सदनमा विपक्षी दलको शून्य उपस्थितिमा सत्तादलका सांसदहरूले  बजेट बहुमतले पारित गरेका हुन्। फास्ट ट्र्याकबाट मधेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३को विनियोजन विधेयक पारित भएको हो । बजेटको सरकारले सांसदलाई उपलब्ध गराएको र अर्थ मन्त्रालयले कार्यदललाई उपलब्ध गराएको रेडबुकमा २९४ पाना फरक परेको छ । आर्थिक अपराध गरेको भन्दै विपक्षी दलहरूले सोमबार बिहान कार्यदल र बैठक समेत बहिष्कार गरी निस्केका थिए ।

विपक्षी दलले अर्थमन्त्रीको राजीनामा र त्यसपछि बन्ने अर्थमन्त्रीले ल्याएको बजेट मात्र स्वीकार हुने समेत बताएका थिए । त्यसपछि सत्ता दलका सांसदहरूको उपस्थितिमा चलेको सदनले संशोधन प्रस्तावको समय दिए पनि कसैले दर्ता गराएनन् । गत १ असारमा अर्थमन्त्री सुनिल यादवले अगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४६ अर्ब ९८ करोड ३३ लाख ५१  हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । सदनमा बजेट बारेको छलफलमा कतिपय सत्ताघटक सांसदहरू नै त्रुटिपूर्ण रहेको गुनासो गरेका थिए ।

लोसपाका प्रदेश सांसद उपेन्द्र महतोले बजेटको २९४ पाना गायब गरेर समर्थनको आधारमा सबै सांसदलाई गुलाम बनाएको टिप्पणी गरेका थिए । यस्तै कांग्रेसका सांसद वीरेन्द्र सिंहले विगतमा ५० लाखभन्दा कमको बजेट नल्याउने बाचा गरेको सरकार र सांसद ५ लाखसम्मको योजना ल्याएर जनताको अगाडि मुख नदेखाउने बनाएको बताएका थिए । ‘पीएलएमआईबीएसमा योजना इन्ट्री गर्दा र हटाउँदा कम शून्य र कम बजेट भएका योजना विगतमामा रेडबुकमा ल्याइँदैन । यसपटक पनि त्यही भएको हो’ मुख्यमन्त्री सतिशकुमार सिंहले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जब २ सय यात्रु सवार प्लेन आकाशमै पाइलटबिनै १० मिनेट उड्यो…
यलुङ रि हिमाल आरोहणमा हराएकाको खोजीकार्य स्थगित, पाँच जना अझै बेपत्ता
रवि लामिछानेको चितवनमा बयान जारी, आजै सकाउने प्रयास
ऊर्जामन्त्री र अमेरिकी राजदूत बीच भेटवार्ता : एमसिसी परियोजनाबारे छलफल
मधेस सहिद प्रतिष्ठानका सदस्य यादव मृत फेला
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक
एक सय रुपैयाँले बढ्यो सुनको मूल्य
मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु
‘विद्यालयका पाठ्यक्रममा ट्राफिक सम्बन्धी विषय राख्नुपर्ने आवश्यक: प्रमुख वलीको कथन
छत्तीसगढमा पत्रकार हत्या प्रकरणः मुख्य आरोपित गिरफ्तार