व्यवसायीहरु मर्ने र बैंकहरु धनी बन्ने प्रवृत्ति अन्त्य होस्ः सांसद तामाङ

nepaltathya_news nepaltathya_news
|
आइतबार, आषाढ २२, २०८२
|
|
१० पटक हेरिएको
Shares

सारांश

  • २२ असार, काठमाडौैं ।
  •   नेपाली काँग्रेसका सांसद पूर्णबहादुर तामाङले व्यवसायीहरु मर्ने र बैंकहरु धनी बन्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
  • आईतवार अर्थ समितिमा बाफिया विधेयकमा भएको छलफलमा कानूनहरु बन्दा अर्थतन्त्रलाई चलायमान बनाउने गरी बनाउनुपर्ने बताउनुभएको हो ।

२२ असार, काठमाडौैं । 

नेपाली काँग्रेसका सांसद पूर्णबहादुर तामाङले व्यवसायीहरु मर्ने र बैंकहरु धनी बन्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभएको छ । आईतवार अर्थ समितिमा बाफिया विधेयकमा भएको छलफलमा कानूनहरु बन्दा अर्थतन्त्रलाई चलायमान बनाउने गरी बनाउनुपर्ने बताउनुभएको हो । सिइओहरुलाई लगानी गर्न दिनु नहुने कुरा उठेको भन्दै वर्षमा २ करोड कमाउनेलाई किन ऋण चाहियो भन्दै प्रश्न गर्नुभयो ।

धनीको पैसा बजारमा ल्याएर अर्थतन्त्र चलायमान बनाउनुपर्ने उहाँको भनाई छ । सांसद तामाङले भन्नुभयो–‘सीईओहरुलाई लगानी गर्न दिनु नहुने कुरा उठ्यो । उहाँहरुले वर्षमा २ करोड कमाउनु हुँदो रहेछ । उहाँहरुलाई ऋण किन चाहियो ?’उहाँले एक वर्षभित्र कालोधनलाई वैधानिक बनाउन दिनुपर्ने बताउनु भयो । त्यस्तो ३ खर्ब भन्दा बढि रकम रहेको दाबी गर्नुभयो । उहाँले पाँच सयका नोटमाथि प्रतिवन्ध लगाउनुपर्नेमा समेत जोड दिनुभयो । उहाँले यसमा अर्थसमितिले पहल गर्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कक्षा १२ को परीक्षा स्थगित भन्दै भ्रामक सूचना
देशप्रति जसको निष्ठा छैन तिनको मुकुण्डो उतार्नुपर्दछ : प्रधानमन्त्री ओली
दुई लाख बिरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय
राष्ट्रियसभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल सम्पन्न
खेतमा लुकाएका ४५० थान मोबाइल बरामद
मधेशका किसान समूहलाई दुई अर्ब अनुदान दिइने
जापानका प्रधानमन्त्री इशिबाले राजीनामा दिदै
देशमा मनाइने हरेक पर्वले विविधतामा एकता र सहअस्तित्वमा शक्ति भएको राष्ट्रका रूपमा चिनाउने अवसर प्रदान गरेको छ : उपराष्ट्रपति
पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने
श्रीमतीले मृत्यु घोषणा माग गरेका श्रीमान जीवितै भेटिए