पावरप्लेमा नेपालको ४ विकेट पतन

nepaltathya_news nepaltathya_news
|
शनिबार, आषाढ २१, २०८२
|
|
२ पटक हेरिएको
Shares

सारांश

  • २१ असार, काठमाडौं ।
  • एसीसी यू १६ इस्ट जोन कपको फाइनल खेलमा नेपालले पावर प्लेमा ४ विकेटको क्षतिमा ५८ रन बनाएको छ।
  • सिङ्गापुरले दिएको ११४ रनको उपाधि लक्ष्य पछाएको नेपालले सुरुवाति ४  विकेट गुमाएको हो।

२१ असार, काठमाडौं ।

एसीसी यू १६ इस्ट जोन कपको फाइनल खेलमा नेपालले पावर प्लेमा ४ विकेटको क्षतिमा ५८ रन बनाएको छ। सिङ्गापुरले दिएको ११४ रनको उपाधि लक्ष्य पछाएको नेपालले सुरुवाति ४  विकेट गुमाएको हो। पहिलो विकेटको रुपमा ओपनर परिमार्जन यादवलाई १३ रनमा गुमाएको नेपालले दोस्रो विकेट श्रीवान्स बजगाईको गुमायो।

श्रीवान्सले १३ बलमा दुई चौका र एक छक्कासहित २० रन बनाए। तेस्रो विकेट रौनक श्रीवास्तवको गयो। उनी कपिसको बलमा एलबीडब्लु भए। चौथो विकेटको रूपमा पावर प्लेको अन्तिम बलमा प्रसिद्ध जैसिस स्लिपमा क्याच आउट भए। उनले २८ बलमा दुई चौकासहित १७ रन बनाए। सिंगापुरका लागि कपिस बेनकात्रामले ४ विकेट लिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?