उत्तराखण्ड: नवजात शिशु बोकेको कार बाढीमा खस्दा एकै परिवारका ४ जनाको मृ*त्यु
सारांश
- ११ असार, काठमाडौं ।
- उत्तराखण्डको हल्द्वानीमा बुधबार बिहान कार नहरमा खस्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ।
- दुर्घटनामा तीन दिनअघि जन्मिएका शिशु पनि बचेनन्।
११ असार, काठमाडौं ।
उत्तराखण्डको हल्द्वानीमा बुधबार बिहान कार नहरमा खस्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन दिनअघि जन्मिएका शिशु पनि बचेनन्। भारतीय सञ्चारमाध्यमका अनुसार भारी वर्षाका कारण नहरमा बाढी आएको थियो।

भारी वर्षाका कारण कार अनियन्त्रित हुँदा नहरमा खसेको हो। कारमा जम्मा ७ जना थिए, जसमध्ये ३ जना गम्भीर घाइते भएका छन्। उनीहरूलाई अस्पताल भर्ना गरिएको छ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया