सरकारलाई सांसद सिंहको प्रश्न : दलित यो देशको नागरिक होइन र न्याय नपाउने ?

nepaltathya_news nepaltathya_news
|
बिहिबार, आषाढ ५, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • ५ असार, काठमाडौं ।
  •   प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा.
  • अमरेशकुमार सिंहले दलित समुदायमाथि हिंसा बढिरहँदा सरकार मौन रहेको भन्दै आपत्ति जनाएका छन् ।

५ असार, काठमाडौं । 

प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले दलित समुदायमाथि हिंसा बढिरहँदा सरकार मौन रहेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सिंहले वर्तमान सरकारले दलित समुदायमाथि अन्याय गरिरहेको बताएका हुन् । ‘यो सरकार आएपछि देशभर दलितमाथि हत्या, हिंसा, बलात्कार भइरहेको छ ।

’ डा. सिंहले भने, ‘महोत्तरीको रामगोपालपुरमा केही दिनअघि दलित महिलाकी एक महिलामाथि सामूहिक बलात्कार भयो । तर, अहिलेसम्म कारबाही भएन ।’ दलित यो देशको नागरिक होइन र उसले न्याय नपाउनु पर्ने भन्दै उनले सरकारसँग प्रश्न गरे । फरक प्रसंगमा उनले पैसा खाएर सवारीचालक इजाजतपत्र बाँडिएकाले दिनहुँ दुर्घटनाका घटना बढिरहेको बताए । ‘पैसा खाएर हातहातमा लाइसेन्स दिइएको छ । टिपर चलाउने अधिकांशको लाइसेन्स नक्कली छ । जसका कारण दिनहुँ दुर्घटनाको घटना बढिरहेको छ,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सत्तारुढ दलका सांसद बोल्न सुरु गर्ने बित्तिकै संसद्‍बाट बाहिरिए रास्वपा सांसद
संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन सिंहदरबारमा कार्यदलको बैठक
२१ लाख ठगी गरेको आरोपमा सिन्धुपाल्चोकबाट २ जना पक्राउ
प्रधानमन्त्री ओलीले गरे एचपिभी खोप अभियानको शुभारम्भ
बाढीबाट मधेशमा ८० करोडभन्दा बढीको क्षति
पहिलो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन
धनगढीमा झण्डै ३ केजी चरेससहित एम्बुलेन्स चालक पक्राउ
उखुको समर्थन मूल्य छिटो तोक्न र मलको कोटा बढाउन सांसद विनोद चौधरीको माग
६ प्रदेशका मुख्यमन्त्री बालुवाटारमा, प्रधानमन्त्रीलाई भेटेर मागे अधिकार
पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृ*त्यु