दिल्ली उडेको एयर इन्डियाको विमान प्राविधिक समस्यापछि हङकङ फिर्ता

nepaltathya_news nepaltathya_news
|
सोमबार, आषाढ २, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २ असार, काठमाडौं ।
  •   हङकङबाट दिल्ली जाँदै गरेको एयर इन्डियाको उडान एआई३१५लाई उडानमा समस्या देखिएपछि फिर्ता भएको छ।
  •  उडानका क्रममा प्राविधिक समस्या भएको शंका लागेपछि हङकङ फिर्ता पठाइएको हो।

२ असार, काठमाडौं । 

हङकङबाट दिल्ली जाँदै गरेको एयर इन्डियाको उडान एआई३१५लाई उडानमा समस्या देखिएपछि फिर्ता भएको छ। उडानका क्रममा प्राविधिक समस्या भएको शंका लागेपछि हङकङ फिर्ता पठाइएको हो। बोइङ ७८७–८ ड्रीमलाइनरद्वारा सञ्चालित यो उडान हङकङबाट दिल्लीका लागि प्रस्थान गरेको थियो।

पाइलटले उडानको क्रममा सम्भावित प्राविधिक खराबीको संकेत पाएपछि सुरक्षाको लागि विमानलाई हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा फिर्ता ल्याइएको एएनआईले जानकारी दिएको छ। विमान सुरक्षित रूपमा अवतरण भएको छ। हाल विस्तृत सुरक्षा जाँच भइरहेको बताइएको छ। एयर इन्डियाले यस घटनाबारे आधिकारिक बयान भने जारी गरेको छैन।

यो घटना हालैको अहमदाबादमा भएको एयर इन्डिया उडान एआई१७१को दुर्घटनापछि भएको हो। अहमदाबादबाट लण्डनका लागि उडान भरेको बोइङ ७८७–८ ड्रीमलाइनरले उडान भरेको केही क्षणमै दुर्घटना भएको थियो। सो दुर्घटनामा सवार २४२ जनामध्य एकजनाबाहेक सबैको मृत्यु भएको थियो। त्यसै जमिनमा थप ३८ जनाले पनि ज्यान गुमाएका थिए। यसरी यो दुर्घटनामा ज्यान गुमाउनेको संख्या २७९ पुगेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घाटा लागेको भन्दै सुर्खेतमा तारा एअरले बन्द गर्‍यो उडान
यस्तो छ तपाइको आजको राशिफल
प्रधानमन्त्री ओलीले आफूले गरेको अपराधको माफी नमागेसम्म एकता नहुने हुँदैन : पाण्डे
मध्यपूर्व तनाव : युएईमा भ्रामक सूचना फैलाएको आरोपमा एक नेपालीसहित १० जना पक्राउ
उच्च अदालत सुर्खेतका ७९ प्रतिशत मुद्दा फर्छ्योट
क्रिकेटर शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवसँग प्रधानमन्त्रीले गरे छलफल
भूकम्प प्रभावितलाई ५० हजार एकमुस्ट दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ
एनपीएलको फाइनल आज, इतिहास रच्ने दाउमा लुम्बिनी र सुदूरपश्चिम
सुन मूल्य सामान्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?