विराटनगरको विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउने कोशी प्रदेशको योजना

nepaltathya_news nepaltathya_news
|
आइतबार, आषाढ १, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  • १ असार, विराटनगर ।
  • कोशी प्रदेश सरकारले सङ्घीय सरकारसँग समन्वय गरी विराटनगर विमान स्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भएको छ ।
  • यसका लागि बजेट समेत विनियोजन गरेको कोशी प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्री राम रानाले बताएका छन् ।

१ असार, विराटनगर ।

कोशी प्रदेश सरकारले सङ्घीय सरकारसँग समन्वय गरी विराटनगर विमान स्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भएको छ । यसका लागि बजेट समेत विनियोजन गरेको कोशी प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्री राम रानाले बताएका छन् । लामो समयदेखि विराटनगरलाई अन्तर्राष्ट्रिय विमान स्थल बनाउने भनेर चर्चा हुँदै आएको थियो ।

यसका लागि काम सुरु गर्ने भन्दै सङ्घीय सरकारले जग्गा समेत रोक्का गरेको थियो । तर दुई वर्ष अघि सङ्घीय सरकारले रोक्का राखेको जग्गा समेत फुक्का गरिसकेको छ । अन्तर्राष्ट्रिय विमानस्थलका लागि जग्गा अधिग्रहण गर्नाका लागि रोक्का राखेको जग्गा फुक्का गरेको अवस्थामा मन्त्री मगरले कोशी प्रदेश सभामा बजेट नीति तथा कार्यक्रम प्रस्तुत पुन विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजना अघि सारेको हुन् । आर्थिक मामिला तथा योजना मन्त्री रानाले विराटनगरबाट प्रदेश र अन्तर प्रदेश हवाई उडान गर्ने समेत बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?