भिजिट भिसा प्रकरण र अग्नि सापकोटाबीच कुनै साइनो छैन: प्रचण्ड

nepaltathya_news nepaltathya_news
|
शनिबार, जेठ ३१, २०८२
|
|
९ पटक हेरिएको
Shares

सारांश

  • ३१ जेठ, काठमाडौँ ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणमा कांग्रेससँग अग्नि सापकोटासँगको मुद्दा साटेको आरोप गलत भएको बताएका छन् ।
  • विराटनगर विमानस्थलमा अध्यक्ष दाहालले संचारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

३१ जेठ, काठमाडौँ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणमा कांग्रेससँग अग्नि सापकोटासँगको मुद्दा साटेको आरोप गलत भएको बताएका छन् । विराटनगर विमानस्थलमा अध्यक्ष दाहालले संचारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । भिसिज भिसा काण्ड र अग्नि सापकोटाको कुनै साइनो नभएको उनको जिकिर छ । उनले बाहिर वाइयात कुराहरु प्रचार गरेको भन्दै गुनासो गरे । उनले भने,‘गृहमन्त्री रमेश लेखकले हिजो संसदमा केके बोल्नुभयो त्यसको जिम्मेवार उहाँ नै हो ।

हामीले भनेको के मात्रै हो भने छानविन हुनुपर्छ ।यो विषय गम्भीर छ। एउटा अहिलेको गृहमन्त्रीसँग मात्रै पनि सम्बन्धित छैन । यो विषय धेरै पहिलेदेखिकै अत्यन्तै सम्वेदनशील विषयको रुपमा छ । त्यसकारण सुशासनको निम्ति यसको छानविन हुनुपर्छ । गहिरो अध्ययन हुनुपर्यो, संरचना बन्नुपर्यो त्यो कुरामा सहमति भएपछि हामीले अहिलेको आवश्यकता अनुसार देशको निम्ति सहज गरेका हौं । अग्नि सापकोटासँग मुद्दा साट्नुभएको भन्ने आरोप विल्कुल गलत कुरा हो । वाइयात कुराहरु मानिसहरुले प्रचार गर्ने गरेका छन् त्यस्तो केही पनि होइन । यो कुरा र अग्निको कुनै साइनो सम्बन्ध छैन ।’उनले माओवादी थाङ्नामा नसुतेको दाबी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्की नेतृत्वको सरकारबाट सबै समूदायले न्याय पाउँछन् : उपेन्द्र यादव
डिकेटेड फिडर तथा ट्रंक लाईन बक्यौता २१ दिनभित्र भुक्तानि गर्न प्राधिकरणको निर्देशन
बाघको आक्रमणबाट बारामा एक वृद्धको मृ*त्यु
तीनकुने घटनामा न्यायिक छानबिन गर्नेबारे विचार गर्छौं : प्रधानमन्त्री
बैंकिङ कसुरमा २ करोड ५० लाख जरिवाना सुनाइएका व्यक्ति पक्राउ
कर्तव्य ज्यान मुद्दाका प्रतिवादी १६ वर्षपछि पक्राउ
निजी मेडिकल कलेजलाई कुनै पनि सहयोग नहुने स्वास्थ्यमन्त्रीको घोषणा
युवाहरूले फेरे जिरानी माई मन्दिरको मुहार
कपिलवस्तुमा बस दुर्घ*टना हुँदा एक जनाको मृ*त्यु, पाँच जना घाइते
सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोली भारत भ्रमणमा जाँदै