नक्कली पीडित खडा गरेर उजुरी दिने प्रयास भइरहेको गृहमन्त्रीको दाबी, कारबाही गर्ने चेतावनी

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, जेठ ३०, २०८२
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  • ३० जेठ, काठमाडौं ।
  • गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको भन्दै राजीनामा नदिने दोहोर्‍याएका छन् ।
  • प्रतिनिधिसभाको बैठकमा बोल्दै आफू पदमा बस्न योग्य रहेको बताए ।

३० जेठ, काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको भन्दै राजीनामा नदिने दोहोर्‍याएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै आफू पदमा बस्न योग्य रहेको बताए । उनले भने, ‘ममाथि कुनै तथ्य र प्रमाणसहित दोष देखिन्छ भने म कुर्सीमा बस्न अयोग्य ठहर्छु, त्यो मलाई थाहा छ ।

तर, अड्कल र आशङ्का गरेर कुनै प्रमाण वा जाहेरी नै नभएको, उजुरी नै नभएको विषयमा पद त्याग गर्नुपर्ने परिपाटी लोकतन्त्रको मान्यता होइन ।’ उनले प्रमाणबिना चरित्र हत्या गर्नु संसद्को मर्यावादविपरीत भएको बताए । रास्वपालाई लक्षित गर्दै लेखकले पार्टी कार्यालयमा बोलाएर आफ्नाविरुद्ध नक्कली पीडित खडा गरेर उजुरी दर्ता गराउने प्रयास भइरहेको जिकिर गरे । उनले पार्टी कार्यालयमा बोलाएर कीर्ते काम गरेर आफ्नो राजनीतिक अभिष्ठ पूरा गर्ने काम भएको भन्दै कीर्ते उजुरी तयार गर्नेलाई कारबाही गर्ने चेतावनी पनि दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
नक्कली भारतीय नोटसहित कञ्चनपुरबाट ५ जना पक्राउ
युक्रेनमा मिसाइल आक्रमणमा बेलायती पुरुषको मृत्यु
काठमाडौं महानगरमा कर्मचारीको तलब रोकिएपछि मन्त्रालयको हस्तक्षेप
पूर्णबहादुरलाई कार्यवाहक दिएर महाधिवेशन तालिका ल्याउने तयारीमा देउवा
उज्यालो नेपाल पार्टीको रिक्त अध्यक्ष पदमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय
भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले गरे पदबहाली
ओलीको प्रश्न: ‘हाहु’ गरेको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौं ?
राजीनामापछि कुलमानको स्पष्ट सन्देशः ‘पद होइन, सिद्धान्त र जनता ठूलो’
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर