विपदमा परी मधेशमा चालु आर्थिक वर्षमै ४२२ को मृ*त्यु

nepaltathya_news nepaltathya_news
|
सोमबार, जेठ २६, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  • २६ जेठ,जनकपुर।
  • मधेश प्रदेशमा चालु आर्थिक वर्षमै विपदमा परी ४२२ जनाको ज्यान गएको छ ।
  • बर्दिवासमा आइतबार मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आयोजना गरेको विपद्सम्बन्धी जनचेतनामूलक कार्यक्रममा प्रदेश प्रहरी कार्यालयले बाढीले बगाएर, पानीमा डुबेर, चट्याङ, आगलागी, हावाहुरी र हिंस्रक जन्तुको आक्रमणसहितका घटनामा परी उक्त सङ्ख्यामा मानवीय क्षति भएको जनाएको हो ।
२६ जेठ,जनकपुर

मधेश प्रदेशमा चालु आर्थिक वर्षमै विपदमा परी ४२२ जनाको ज्यान गएको छ । बर्दिवासमा आइतबार मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आयोजना गरेको विपद्सम्बन्धी जनचेतनामूलक कार्यक्रममा प्रदेश प्रहरी कार्यालयले बाढीले बगाएर, पानीमा डुबेर, चट्याङ, आगलागी, हावाहुरी र हिंस्रक जन्तुको आक्रमणसहितका घटनामा परी उक्त सङ्ख्यामा मानवीय क्षति भएको जनाएको हो ।

साना ठूला गरी यस अवधिमा दुई हजार २५८ विपद्का घटना घटेकामा ९०० जना घाइते र ५६ करोड ६७ लाख २४ हजार २१२ बराबरको आर्थिक क्षति भएको प्रदेश प्रहरी कार्यालयले प्रस्तुत गरेको तथ्याङ्कमा उल्लेख छ । प्रदेशका आठ वटै जिल्लामा दुई लाख २८ हजार ६८७ सर्वसाधारण वर्खाजन्य विपद्को जोखिममा रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामको आँकलन छ । यो सङ्ख्या प्रदेशका ५२ हजार ३३१ प्रिवारको रहेको प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले बताए । महोत्तरी, धनुषा र सर्लाही तीन जिल्लालाई समेटेर गरिएको कार्यक्रममा गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिवसहितका अधिकारी, प्रदेशस्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखसहित सुरक्षा निकायका प्रमुखको सहभागिता थियो ।

विपद् प्रतिकार्य र उद्धारमा सरिक हुँदै आएका सामाजिक सङ्घसंस्थाका अधिकांश अगुवाहरूले विपद् लापरबाही र अटेरीपनले पनि हुने गरेका टिप्पणी गरे । विकास योजना सञ्चालन गर्दा विपद् सम्वेदनशीलता नअपनाइने सहभागीहरूले टिप्पणी गरे । मधेशमा डुबान, कटानजस्ता विपद् सडक बनाइँदा बन्द गरिएका ढल, पानीको प्राकृतिक निकास अवरुद्ध र इटा, बालु, ढुङ्गा र फलामे छड जथाभावी राखिने क्रमले पनि हुने गरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए । महोत्तरीका सात वटा स्थानीय तह सधैँ वर्खा सुरु हुनासाथ कटान र डुबानको जोखिममा रहने गरेका उनको भनाइ छ ।

विपद्का प्रकृति, अवस्था  र निदानका उपायबारे स्थानीय तहले नै प्रारम्भिक नक्साङ्न गरेर जिल्लास्थित विपद् व्यवस्थापन समिति, प्रादेशिक र सङ्घीय सरकारमा पहलकदमी लिन पर्नेमा त्यस्तो हुन नसकेको सहभागीको गुनासो थियो । प्रदेशमै विपद पूर्वतयारीका काम खासै नभएको गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको स्वीकारोक्ति छ । यसअघि यस्तो प्रयास भएको नपाइएपनि जनधनको सुरक्षार्थ यसपालि बर्खापूर्व योजनाबद्ध तयारी थालिएको उनले जानकारी दिए । आगामी  आर्थिक वर्ष २०८२/८३ को बजेटमा विपद् बचावका कार्यक्रम समावेस गरिने, प्रतिकार्य र उद्धार प्रभावकारी बनाउन कार्ययोजना बनाइने उहाँले प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेटौंडा काठमाडौं जोड्ने कान्ति लोकपथ अवरुद्ध
ज्येष्ठ सदस्य केसीले लिए पद तथा गोपनीयताको शपथ
रुपन्देहीको अगरबत्ती उद्योगमा आगलागी, २ करोडको क्षति दाबी
शिक्षक सेवा आयोगको सदस्यमा सुवेदी र सापकोटा नियुक्त
गत आ.व.मा ९६.४५ प्रतिशत बजेट खर्च गरेको नेपाल प्रहरीलाई चालु आ.व.का लागि ६० अर्ब ९५ करोड विनियोजन
लमजुङमा भरूवा बन्दुकसहित एक जना पक्राउ
भक्तपुरका मालपोत प्रमुख आचार्य २४ लाख घुससहित पक्राउ
कुलेखानी-कलंकी-हुमाने सडक १९ दिन बन्द हुने
२ अर्ब ९२ करोड लगानी गर्दै नेपाल राष्ट्र बैंकः प्रश्ताव पठाउन बैंक तथा वित्तीय संस्थाहरुलाई आह्वान
नेकपा बहुमतका दुई नेता पार्टीबाट निष्कासित