पूरा भयो विराटको सपना, पञ्जाबलाई हराउँदै बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियन

nepaltathya_news nepaltathya_news
|
मंगलबार, जेठ २०, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २० जेठ, काठमाडौं ।
  • रोयल च्यालेन्जर्स बेंगलुरुले १८ वर्षमा पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ ।
  • मंगलबार भएको फाइनलमा पञ्जाब किङ्सलाई ६ रनले हराउँदै बेंगलुरुले आईपीएलको उपाधि जितेको हो ।

२० जेठ, काठमाडौं ।

रोयल च्यालेन्जर्स बेंगलुरुले १८ वर्षमा पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा पञ्जाब किङ्सलाई ६ रनले हराउँदै बेंगलुरुले आईपीएलको उपाधि जितेको हो ।

बेंगलुरुले दिएको १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनायो । अन्तिम ओभरमा २९ रन आवश्यक हुँदा शशांक सिंहले ३ छक्का र चौका प्रहार गरेपनि पर्याप्त हुन सकेन । शशांक ३० बलमा ६१ रनमा अविजित रहे । जोश इङ्लिसले ३९ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो । विराट कोहलीले सर्वाधिक ४३ रन बनाए । त्यस्तै कप्तान रजत पाटिदारले २६ रन बनाए भने लियाम लिभिङस्टोनले २५ तथा मयंक अग्रवाल र जितेश शर्माले समान २४ रन बनाए ।

पञ्जाबका लागि अर्शदीप सिंहले ४ ओभरमा ४० रन दिएर ३ विकेट लिए । काइल जेमिसनले ४ ओभरमा ४८ रन दिएर ३ विकेट लिए । अजमतुल्लाह ओमरजाइ, विजयकुमार वाइशाक र युजभेन्द्र चहलले १-१ विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सवारी दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते
चितवनका विकास योजना लिएर कांग्रेस-एमालेले भेटे प्रधानमन्त्रीलाई
एनपीएल-२: वेन र भीमको अर्धशतकमा काठमाण्डुले दियो १६६ रनको लक्ष्य
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न प्रहरीले माग्यो अनुमति
बजेटमा कमला पुललाई समेट्न सिरहाबासीको माग
आज समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिंदै
लोक गायक कमल बिके निर्मोहीको निधन
बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह
न्यूजील्याण्डले दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्दै
ट्राफिक प्रहरी कार्यालय वीरगञ्जले ६ महिनामा एक करोड दुई लाख राजस्व उठायो