चुरेदोहनले तराई मरुभूमि बन्दैछ : प्रथम राष्ट्रपति यादव

nepaltathya_news nepaltathya_news
|
मंगलबार, जेठ २०, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २० जेठ, काठमाडौं ।
  • गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.
  • रामवरण यादवले चुरे पहाड दोहनले नेपालको तराई मरुभूमिमा परिणत भएको बताएका छन् ।

२० जेठ, काठमाडौं ।

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले चुरे पहाड दोहनले नेपालको तराई मरुभूमिमा परिणत भएको बताएका छन् । मरुभूमीकरण रोक्न समयमै पहल नभए तथा चुरे क्षेत्रलाई समयमै संरक्षण गर्न नसके तराई–मधेशको जनजीवन अझै संकटग्रस्त बन्ने उनको भनाइ छ ।  भक्तपुरको एतिहासिक दरबारस्क्वायर परिसरमा सोमबार राति सम्पन्न ‘म नागरिक म बनाउँछु नेपाल’ कार्यक्रममा पूर्वराष्ट्रपति यादवले यस्तो बताएका हुन् ।

गणतन्त्रवादी दलहरू आम जनताको हितमा अझ दत्तचित्त भएर लाग्नुपर्ने भन्दै उनले नागरिकमा बढ्दो असन्तोषलाई सम्बोधन गर्न सरकार तत्पर हुनुपर्ने पनि बताए । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन जनता स्वतन्त्र नागरिक भएको दिनको रूपमा लिनुपर्ने उनले उल्लेख गरे । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल विदेशीले नभई नेपाली आफैंले बनाउनुपर्ने बताए । देश बनाउन सबै युवा जुट्नुपर्ने भन्दै उनले आर्थिक रूपमा स्वतन्त्र नभएको देश राजनीतिक रूपमा पनि स्वतन्त्र नहुने बताए ।

हरेक नागरिकले आफ्नो ठाउँ आफैं बनाउने प्रण गरे देशको छिट्टै विकास हुन्छ भन्दै प्रमुख प्रजापतिले संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासले मात्र उपत्यकाका सांस्कृतिक एवम् ऐतिहासिक सम्पदा संरक्षण सम्भव हुने स्पष्ट पारे । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए । ‘म नागरिक म बनाउँछु नेपाल’ अन्तर्गत सन्देशमूलक श्रव्यदृश्य सामग्री निर्माण गर्ने मध्ये प्रथम, द्वितीय र तृतीय हुनेलाई पूर्वराष्ट्रपति डा. यादवले पुरस्कार प्रदान गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थमन्त्रीद्वारा सिंगापुरका राष्ट्रपतिसँग शिष्टाचार भेट
अलपत्र भएका आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी
सर्लाहीमा एम्बुलेन्सबाट ५१ केजी गाँजा बरामद
माघे संक्रान्तिको पूर्वसन्ध्यामा थारु संस्कृतिको अनुपम झल्को
इण्डोनेसियाली सामानहरूमा १९ प्रतिशत कर लाग्ने ट्रम्पको घोषणा
संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बमको धम्की आएपछि एयर इन्डियाको अर्को विमान थाइल्याण्डमा आपतकालीन अवतरण
‘एक हप्ताको लागि भएपनि संसद व्यूताएर संविधानमा संसोधन गरेर निर्वाचनमा जानुपर्छ’
बाँकेको बाल सुधारगृहबाट भागेका ४५ बालबन्दी अझै फरार
सगरमाथा संवाद आज समापन हुँदै