एमालेले आज काठमाडौंमा सांस्कृतिक झाँकीसहित प्रदर्शन गर्ने

nepaltathya_news nepaltathya_news
|
बिहिबार, जेठ १५, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • १५ जेठ, काठमाडौं ।
  •   सत्तारुढ दल नेकपा एमालेले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।
  • गणतन्त्र दिवसको अवसरमा एमालेले आज गणतन्त्रको पक्षमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म भृकुटीमण्डपदेखि रत्नपार्कसम्म सांस्कृतिक झाँकीसहितको प्रदर्शन गर्न लागेको हो ।

१५ जेठ, काठमाडौं । 

सत्तारुढ दल नेकपा एमालेले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । गणतन्त्र दिवसको अवसरमा एमालेले आज गणतन्त्रको पक्षमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म भृकुटीमण्डपदेखि रत्नपार्कसम्म सांस्कृतिक झाँकीसहितको प्रदर्शन गर्न लागेको हो ।

एमालेका कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार एमालेले भृकुटीमण्डप, भद्रकाली, शहीदगेट सुन्धारा हुँदै रत्नपार्कको शान्तिवाटिकासम्म गणतन्त्रको उत्सवका रुपमा सांस्कृतिक झाँकीहरू प्रदर्शन गर्नेछ । यसअघि ललितपुरमा भएको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते बिहान ११ बजेदेखि २ बजेसम्म काठमाडौंलाई एमालेको कब्जामा राख्न नेता–कार्यकर्तालाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ