भाटभटेनी लुटपाटमा संलग्न १० जनालाई धरौटीमा रिहा गर्न आदेश

nepaltathya_news nepaltathya_news
|
बुधबार, जेठ १४, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • १४ जेठ, काठमाडौं ।
  • गत चैत १५ मा काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा भाटभटेनी डिपार्टमेन्ट स्टोरमा लुटपाट गर्नेहरूलाई अदालतले धरौटीमा छाड्न आदेश गरेको छ ।
  • काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेले बुधबार थुनछेक बहसपछि उनीहरूलाई धरौटीमा रिहा गर्न अदालतले आदेश गरेको हो ।

१४ जेठ, काठमाडौं ।

गत चैत १५ मा काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा भाटभटेनी डिपार्टमेन्ट स्टोरमा लुटपाट गर्नेहरूलाई अदालतले धरौटीमा छाड्न आदेश गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेले बुधबार थुनछेक बहसपछि उनीहरूलाई धरौटीमा रिहा गर्न अदालतले आदेश गरेको हो ।

आपराधिक उपद्रव कसुरका प्रतिवादी श्रवण कुमार लामा र समिर मगरलाई अदालतले ७० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ । रविरन्जन कुमार सिंह, आशिक कुमार महतो र प्रेम कुमार महतोसँग ३५ हजार धरौटी माग गरेको छ । अदालतले गोविन्दा राय, सुशिला कुमाल र राधेश्याम यादवलाई जनही २० हजारमा रिहा गर्न आदेश गरेको छ । एलिसा राई ‘लक्ष्मी’ र दिनेश महतोसँग जनही १० हजार धरौटी माग गरिएको छ । अभियोजन गरिएका ११ जनामध्ये सिन्धुपाल्चोक घर भएका निर्मला कार्की फरार थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?