राष्ट्रिय मुक्ति पार्टी नेपालको ५९ सदस्यीय राजनीति समिति गठन

nepaltathya_news nepaltathya_news
|
आइतबार, जेठ ११, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  •   ११ जेठ, काठमाडौं ।
  •   राष्ट्रिय मुक्ति पार्टी नेपालले ५९ सदस्यीय राजनीति समिति गठन गरेको छ ।
  • गत माघमा सो पार्टी निर्वाचन आयोगमा दर्ता भएका थियो ।

 

११ जेठ, काठमाडौं । 

राष्ट्रिय मुक्ति पार्टी नेपालले ५९ सदस्यीय राजनीति समिति गठन गरेको छ । गत माघमा सो पार्टी निर्वाचन आयोगमा दर्ता भएका थियो । चार महिनापछि राजनीति समिति गठन गरिएको हो ।  गत फागुन १२ र १३ गते बसेको केन्द्रीय समितिको बैठकले विभिन्न समिति गठन गर्ने निर्णय गरेअनुसार नै यो राजनीतिक समिति गठन गरिएको सो पार्टीका नेता सन्तोष मेहताले बताए ।

पार्टीको अन्तरिम विधान अनुसार पार्टीको समसामयिक विषयमा महत्त्वपूर्ण नीतिगत निर्णय गर्न अधिकतम १५१ सदस्यीय राजनीतिक समिति हुनेछ । यो समितिमा केन्द्रीय कार्यसमितिका सबै पदाधिकारीहरू यस समितिमा रहनेछन् । त्यस्तै केन्द्रीय कार्यसमितिका सबै पदाधिकारीहरू यस समितिमा रहनेछन् । केन्द्रीय सल्लाहकार समिति, विज्ञ समिति, अनुशासन समिति, निर्वाचन समिति र लेखा परीक्षण समितिका प्रमुखहरू राजनीतिक समितिको पदेन सदस्य हुने विधानमा भनिएको छ ।

केन्द्रीय कार्य समिति नबसेमा वा बस्न नसकेको अवस्थामा केन्द्रीय कार्यसमितिका अधिकार यस समितिले लिने प्रावधान विधानमा उल्लेख छ । राजनीतिक समितिको बैठक कम्तीमा पाँच महिनामा एक पटक बस्नुपर्ने हुन्छ । राजनीतिक समितिमा पार्टीका  राजेन्द्र महतो अध्यक्ष रहेका छन् भने सदस्यहरूमा बुद्ध छिरिङ मोक्तान, रामनरेश राय यादव, कमला गुरुङ, सुमन सायमी, ओमप्रकाश गुल्जारी यादव, चन्द्रकान्त चौधरी, शैलकुमारी महतो, इस्लाम हवारी, विश्वनाथ सिंह, राजीव झा, कौशलकुमार सिंह, केशव झा, रमण पाण्डे, सन्तोष मेहता, रामकिशोर सिंह, अनिल महासेठलगायतका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुकुम पश्चिममा बस दुर्घटना ९ जना घाइते
सर्वोच्चले माग्‍यो माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण
मन्त्री घिसिङद्वारा झापाका बाढी प्रभावित क्षेत्रको अवलोकन
राष्ट्रपति पौडेलले जारी गरे चार वटा अध्यादेश
खानेपानी अभावमा बागलुङको दगातुन्डाँडाका बासिन्दा बसाइँ सर्न बाध्य
आजको मौसम : पहाडी र हिमाली काे ही भूभागमा मेघगर्जसहित वर्षाको सम्भावना
भैरहवा ल्याइँदै दीपक बोहराको पार्थिव शरीर
ईपीएस कोरिया शाखाका निर्देशक जिम्मेवारीबाट हटाइए
चुनावमा उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने, कुन क्षेत्रमा कति?
रुपन्देहीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई विद्यार्थीको मृ*त्यु