भारतीय अभिनेता मुकुल देवको निधन

nepaltathya_news nepaltathya_news
|
शनिबार, जेठ १०, २०८२
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  •   १० जेठ, भारत ।
  •   भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन भएको छ ।
  • उनी केही समयदेखि बिरामी थिए र हालसालै आईसीयूमा भर्ना भएका थिए ।

 

१० जेठ, भारत । 

भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन भएको छ । उनी केही समयदेखि बिरामी थिए र हालसालै आईसीयूमा भर्ना भएका थिए । यद्यपि, उनको मृत्युको कारण अहिलेसम्म खुल्न नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मुकुल हिन्दी, पञ्जाबी र दक्षिणी फिल्मका साथै टेलिभिजन जगतमा पनि सक्रिय थिए । मुकुलले धेरै बलिउड फिल्ममा पनि काम गरे ।

उनले फिल्म ‘सन अफ सरदार’ मा टोनी सिंह सन्धुको भूमिका निभाएका थिए । यो भूमिकाबाट उनले विशेष पहिचान पाएका थिए । उनले ‘यमला पगला दीवाना’, ‘आर…राजकुमार’ र ‘जय हो’ जस्ता फिल्महरूमा पनि महत्त्वपूर्ण भूमिका खेले । मुकुलको जन्म १७ सेप्टेम्बर १९७० मा नयाँ दिल्लीको एक पञ्जाबी परिवारमा भएको थियो । उनले सन् १९९६ मा टिभी सिरियल ‘मुमकिन’बाट अभिनयमा डेब्यू गरेका थिए । यसमा उनले विजय पाण्डेको भूमिका निर्वाह गरेका थिए । उनी ‘एक से बधर एक’ शोमा पनि देखिएका थिए । उनी ‘फियर फ्याक्टर इन्डिया’को पहिलो सिजनको होस्ट पनि थिए ।

उनको फिल्म डेब्यू सन् १९९६ मा फिल्म ‘दस्तक’ बाट भएको थियो । यस फिल्ममा उनले एसीपी रोहित मल्होत्राको भूमिका निर्वाह गरेका थिए । पछि उनी ‘कहानी घर घर की’ र ‘कभी कभी प्यार कभी कभी यार’ लगायत धेरै फिल्म र टिभी कार्यक्रमहरूमा देखा परे । हिन्दीबाहेक उनले पञ्जाबी, बङ्गाली, मलयालम, कन्नड र तेलुगु भाषाका ६० भन्दा बढी चलचित्रमा काम गरिसकेका छन् । उनी अन्तिम पटक सन् २०२२ मा फिल्म ‘एन्ट द एन्ड’ मा ठूलो पर्दामा देखिएका थिए । टिभीमा उनी सन् २०१८ को सिरियल ‘२१ सरफरोश’ मा गुल बादशाहको भूमिकामा देखिएका थिए । जबकि सन् २०२० मा उनी ओटीटीमा प्रसारित वेब श्रृङ्खला ‘स्टेट अफ सिज: २६/११’ मा देखिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुम्बिनी प्रदेश सभा बैठकबाट निजामती विधेयक पारित गर्ने तयारी
जयगढबजार आगलागी : पीडितलाई ५० लाख सहयोग गर्ने प्रदेश सरकारको निर्णय
प्रशासन मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
मुक्तिनाथधाममा पदमार्ग निर्माण
बिहारका मुख्यमन्त्री नीतिश कुमारले दिए राजीनामा
लेखा समितिमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुबीच चर्काचर्की
नेपालको जलविद्युत क्षेत्रमा १३ खर्बभन्दा बढी लगानी, निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा बढी
जातीय विभेद मानवीय गरिमाविरुद्धको अपराध हो : राष्ट्रपति पौडेल
राजावादी र एमालेको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोगको अपिल
त्रिभुवन विमानस्थलबाट ६० हजार अमेरिकी डलरसहित एक महिला पक्राउ