अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल

nepaltathya_news nepaltathya_news
|
सोमबार, जेठ ५, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • ५ जेठ, झापा ।
  •   अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म बनेको छैन ।
  • झापाको विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माइ नगरपालिका जोड्ने उक्त पुलमा जोखिम मोलेर साना सवारी आवतजावत गरिरहेका छन् ।

५ जेठ, झापा । 

अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म बनेको छैन । झापाको विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माइ नगरपालिका जोड्ने उक्त पुलमा जोखिम मोलेर साना सवारी आवतजावत गरिरहेका छन् । स्थानीय मेघराज रम्तेलले भासिएको पुल तत्काल मर्मत सम्भार गर्न सरकारले चासो नदेखाएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “पहिलो वर्ष त बजेट थिएन होला भनेर चित्त बुझायौँ, अब दोस्रो वर्ष पनि नबन्दा चाहिँ चिन्ता लागेको छ ।” हिउँदमा सवारी आवागमन हुने उक्त पुल बर्खामा बन्द हुने गरेको छ ।

पुलको छत भासिएर खोलामा पुगेको कारण अब सो स्थानमा नयाँ पक्की पुल बनाउनु पर्ने स्थानीयवासीको माग छ । बर्खाको बाढी पुलमाथिबाट बग्ने गरेको छ । अर्जुनधारा नगरपालिकाका सूचना अधिकारी हेमराज सेढाईले पुल निर्माणमा बजेट व्यवस्थापनका लागि पालिकाले सङ्घीय सरकारसँग अनुरोध गरेको बताउनुभयो । “सभामुख देवराज घिमिरे र भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले चासो देखाउनुभएको छ ।” उहाँले भन्नुभयो, “उहाँहरुले पुलको अवस्था हेर्नु भएको पनि छ र आगामी वर्षको बजेटमा पुल पर्ने आशा गरेका छौं ।”

नगरपालिकासँग नयाँ पुल निर्माण गर्न पुग्ने बजेट नभएको जनाउँदै उहाँले सङ्घीय सरकारकै बाटो कुर्नु बाध्यता भएको बताउनुभयो । पुल भासिएर काम नलाग्ने भइसकेको कारण मर्मतसम्भारबाट काम नचल्ने उहाँको भनाइ छ । विसंं २०६५ सालमा भारत सरकारको रु दुई करोडको सहयोगमा उक्त पुल निर्माण गरिएको थियो । पुल निर्माणसँगै सो सडकमा लामो दूरीका यातायातसमेत चल्न थालेका थिए । सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी विपीन ढुङ्गानाले चालु आर्थिक वर्षको कार्ययोजनामा सो पुल नपरेको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगामी चुनाव नयाँ शक्तिहरुको उदयको प्रस्थान विन्दु हो : मन्त्री घिसिङ
अभिनेता विजयलाई पक्राउ गर्न माग
राष्ट्रिय मुक्ति क्रान्तिको तयारीमा जुटन अध्यक्ष राजेन्द्र महतो आग्रह
मेची भन्सारद्वारा १४ अर्ब ४३ करोड राजस्व संकलन
सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न काठमाडौँ महानगरको निर्देशन
आजको मौसमः पहाडका केहि क्षेत्रमा बदली, मुख्यतया सफा रहने
मतदाता नामावली संकलनको समय थप्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको आग्रह
नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत निर्यातको सहमती
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा