वीरगञ्ज क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छः मन्त्री यादव

nepaltathya_news nepaltathya_news
|
आइतबार, जेठ ४, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •   ४ जेठ,पर्सा ।
  •   खानेपानीमन्त्री प्रदीप यादले वीरगञ्ज महानगरपालिका–१८ सुखचैना र वडा न २१ परवानीपुर क्षेत्रमा अब जल निकासी प्रणालीमा सुधार हुने बताउनुभएको छ ।
  • आज वडा नं २१ स्थित परवानीपुरदेखि पटेलनगर जाने सडक खण्डमा नाला तथा ढलान निर्माण कार्यको शिलान्यास गर्दैै उहाँले उक्त निर्माण सम्पन्न भएपछि सो क्षेत्रमा वर्षातको समयमा हुने जल जमावटको समस्या पूर्णरुपमा समाधान हुने र आवागमनमा समेत सहजता आउने बताउनुभयो ।

 

४ जेठ,पर्सा । 

खानेपानीमन्त्री प्रदीप यादले वीरगञ्ज महानगरपालिका–१८ सुखचैना र वडा न २१ परवानीपुर क्षेत्रमा अब जल निकासी प्रणालीमा सुधार हुने बताउनुभएको छ । आज वडा नं २१ स्थित परवानीपुरदेखि पटेलनगर जाने सडक खण्डमा नाला तथा ढलान निर्माण कार्यको शिलान्यास गर्दैै उहाँले उक्त निर्माण सम्पन्न भएपछि सो क्षेत्रमा वर्षातको समयमा हुने जल जमावटको समस्या पूर्णरुपमा समाधान हुने र आवागमनमा समेत सहजता आउने बताउनुभयो ।

मन्त्री यादवले स्थानीय पूर्वाधार विकासलाई प्राथमिकता दिँदै नागरिकको दैनिक जीवन सहज बनाउन यस्ता आयोजना निकै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “खानेपानी तथा ढल निकासको क्षेत्रमा निकै उल्लेख्य काम भएका छन्, नागरिकको दैनिक जीवन सहज बनाउन सरकार पूर्ण प्रतिबद्ध छ ।” शुद्ध खानेपानी वितरण, नाला तथा ढल निर्माणजस्ता जनताको प्रत्यक्ष जीवनसँग जोडिएका सेवा सुविधालाई प्राथमिकतामा राख्दै ती कार्य समयमै सम्पन्न गर्नसमेत मन्त्री यादवले सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । रु एक करोड ७२ लाखको लागत शिलान्यास गरिएको उक्त नाला तथा ढलान निर्माण वडानं १८ सुखचैना र वडा नं २१ परवानीपुरसम्म एक हजार २५६ मिटर लम्बाइ रहेको वडा नं २१ का वडाध्यक्ष राधेकृष्ण साह रौनियारले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधि सभामा ‘मर्यादासम्बन्धी विधेयक’ अघि बढाउने सांसद भेटिएनन्
निमावि शिक्षक लाइसेन्सको लागि एक लाख ७५ हजारले भरे फारम
आँखा स्वास्थ्य सेवालाई अझ विस्तार गर्न जरुरी छ : स्वास्थ्यमन्त्री पौडेल
कांग्रेसका मन्त्रीहरूलाई देउवाले बूढानीलकण्ठ बोलाए
हमास ३४ बन्धकलाई रिहा गर्न तयार, सम्झौताका लागि इजरायलसँग वार्ता
फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वास छैन्: एमाले
प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता
एमाले चितवनद्वारा ओली–लेखकको रिहाइ र उच्चस्तरीय छानबिन आयोग गठनको माग
गण्डकीमा मुख्यमन्त्रीका लागि खगराजले गरे दाबी, बहुमत पुर्‍याउन जोडियो सभामुखको नाम
पिपरा गाउँपालिकामा इन्धनको नाममा “ब्रम्हलुट” एक वर्षमा ४० लाखको इन्धन