नेपाल महिला टी–२० विश्वकप एसिया छनोटको सुपर–३ मा प्रवेश

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, जेठ २, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   २ जेठ, काठमाडौँ।
  • नेपाली महिला टोली आईसीसी टी–२० विश्वकप एशिया छनोटको ‘सुपर–थ्री’ मा प्रवेश गरेको छ।
  • शुक्रबार हङकङ र बहराइनबीचको समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल समूहविजेताका रुपमा सुपर-३ मा प्रवेश गरेको हो।

 

२ जेठ, काठमाडौँ।

नेपाली महिला टोली आईसीसी टी–२० विश्वकप एशिया छनोटको ‘सुपर–थ्री’ मा प्रवेश गरेको छ। शुक्रबार हङकङ र बहराइनबीचको समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल समूहविजेताका रुपमा सुपर-३ मा प्रवेश गरेको हो। नेपालले ४ खेलमा २ मा जीत, १ मा हार र १ मा नतिजाविहीन हुँदा ५ अङ्क जोडेको थियो ।

हङकङले ४ खेलमा १ मा जीत र ३ मा नतिजाविहीन हुँदै ५ अङ्क जोडेको छ। बहराइन भने ४ खेलमा २ मा बराबरी र २ मा हारसहित २ अङ्क जोडेर पुछारमा रह्यो । महिला टी–२० विश्वकप एशिया छनोटमा सहभागी भएका ९ टोलीलाई ३ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता सुपर थ्री मा पुग्नेछन् । सुपर थ्रीको शीर्ष २ टोली ग्लोबल छनोटमा पुग्ने छन् । अब नेपालले सुपर–थ्रीमा ५ गते सोमवार यूएईसँग र ६ गते मङ्गलवार थाइल्यान्डसँग खेल्नेछ । यी दुवै टोली नेपालभन्दा बलिया छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपा नेतृ राई एमालेमा प्रवेश
रुसद्वारा युक्रेनी सैन्य स्थलहरूमा आक्रमण
प्रचण्डलाई रघुजी पन्तको जबाफ- तपाईंलाई नचाहिए प्रमुख प्रतिपक्षी दलको नेता जनार्दनलाई दिनुस्
भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज पुनः भैरहवामै आकस्मिक अवतरण। 
प्रधानमन्त्रीसँग मल्दोभाका उपप्रधानमन्त्रीको शिष्टाचार भेट
भारतलाई बिजुली बेच्ने प्रसारण लाइन बनाउन सरकारले ३ अर्ब रूपैयाँ लगानी गर्दै
आज घोडेजात्रा पर्व मनाइँद
आइपिएलमा आरसीबीको विजयी सुरुवत, हैदरावाद ६ विकेटले पराजित
पार्टीले संसदीय दलको नेतामा अगाडि बढाए खुट्टा कमाउँदिन : सुहाङ
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीले दिए पुरस्कार