नाबालिग बलात्कार आरोपमा थुनामा रहेका पूर्वमेयरलाई धरौटीमा छाड्न आदेश

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, बैशाख २६, २०८२
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  •   २६ वैशाख, विराटनगर ।
  • नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।
  • घरमा काम गर्न राखेकी नाबालिगलाई करणी गरेको आरोपमा मंसिरमा शिवाकोटी पक्राउ परेका थिए ।

 

२६ वैशाख, विराटनगर ।

नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । घरमा काम गर्न राखेकी नाबालिगलाई करणी गरेको आरोपमा मंसिरमा शिवाकोटी पक्राउ परेका थिए । तर, उनी हिरासतमा नबसी अस्पताल बस्दै आएका थिए ।

उच्च अदालत विराटनगर, इलाम इजलासका न्यायाधीशहरू किरणकुमार पोखरेल र रेखा थापा पाण्डेको संयुक्त इजलासले विहीबार उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको हो । एमालेबाट निर्वाचित पूर्वमेयर शिवाकोटीलाई झापा जिल्ला अदालतले २०८१ पुस २२ मा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । अस्वस्थताको कारण देखाउँदै उनी बीएण्डसी अस्पताल भर्ना भएका थिए ।आफूलाई थुनामा पठाउने जिल्लाको आदेशविरुद्ध शिवाकोटी उच्च अदालत पुगेका थिए । चार पटकसम्म पेशी स्थगित हुँदै विहीबार भएको सुनुवाइमा उनलाई धरौटीमा छाड्ने आदेश भएको हो ।

शिवाकोटीको घरमा कामदारका रूपमा राखिएकी १५ वर्षीया नाबालिकले ‘आफन्त नेपाल’ नामक संस्थाका प्रतिनिधिसँग आफूमाथि बलात्कार गरिएको पीडा पोखेकी थिइन् । उनलाई विद्यालय पोसाकमै भारततर्फ जाँदै गर्दा उक्त संस्थाले उद्धार गरेको थियो । त्यसपछि उनकी हजुरआमाले किटानी जाहेरी दिएकी थिइन् । अदालतको आदेशमा ‘प्रतिवादीले पीडितलाई आफ्नो घरमा वर्षैदेखि पालनपोषण गरी विद्यालयमा अध्ययन गराई आएकोमा विगत ३ वर्षदेखि प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गर्दै आएको भन्ने निजको हजुरआमाको किटानी जाहेरी रहेको तर सो भन्दा अगावै यी पीडितको हजुरआमासँग निजको पटक पटक फोनमा सम्पर्क भएको र भेट्न समेत आउने गरेको भनी पीडितको मौकाको कागज रहेकोमा सो तथ्य आफ्नो हजुरआमालाई भनेको भनी निजको कागजबाट खुल्न आएको पाइँदैन’, उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालकुमारी घटना : ८ बुँदे माग पूरा नगरेसम्म मृतकका आफन्तले शव नबुझ्ने
पोखरामा मृ*त फेला परेकी युवती दोलखाकी भएको पुष्टि
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य
विवाह गर्ने उपयुक्त समय र विधि के हो ?
प्रभाकरले नपत्याउँदैमा पार्टी आन्दोलन रोकिँदैन : प्रचण्ड
ईसीडीमा स्पष्ट नीतिबिना विधेयक अघि नबढोस् : पूर्वशिक्षामन्त्री भट्टराई
परराष्ट्रमन्त्रीलाई प्रभु साहको प्रश्न : कति नेपालीले विदेशी नागरिकता लिए ?
मिथिलाञ्चलमा जितिया पर्व मनाइँदै
प्रधानमन्त्री कार्कीले गरिन् दुई सल्लाहकार नियुक्त, मुख्य सल्लाहकारमा खनाल
श्रीलङ्कामा चक्रवातका कारण मृ*त्यु हुनेको सङ्ख्या ४७९ पुग्यो ३५० अझै बेपत्ता