स्वास्थ्य केन्द्र माग्दै शुक्लागण्डकीका मेयरको कार्यकक्षमा ताला

nepaltathya_news nepaltathya_news
|
बुधबार, बैशाख २४, २०८२
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  •     २४ वैशाख, पोखरा– तनहुँको शुक्लागण्डकी नगरपालिका–१०, लोकदीटारका स्थानीयवासीले आफ्नै वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना हुनुपर्ने माग गर्दै मेयर कृष्णराज पण्डितको कार्यकक्षमा ताला लगाएका छन् ।
  • मंगलबार पहिलो चरणमा नगरपालिकाको मुख्य प्रवेशद्वारमा ताला लगाइएको थियो ।
  • बुधबार दिउँसो २ बजेपछि उक्त ताला खोल्दै आन्दोलित स्थानीयले मेयरको कार्यकक्षमा ताला लगाएका हुन् ।

 

 

२४ वैशाख, पोखरा

तनहुँको शुक्लागण्डकी नगरपालिका–१०, लोकदीटारका स्थानीयवासीले आफ्नै वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना हुनुपर्ने माग गर्दै मेयर कृष्णराज पण्डितको कार्यकक्षमा ताला लगाएका छन् । मंगलबार पहिलो चरणमा नगरपालिकाको मुख्य प्रवेशद्वारमा ताला लगाइएको थियो । बुधबार दिउँसो २ बजेपछि उक्त ताला खोल्दै आन्दोलित स्थानीयले मेयरको कार्यकक्षमा ताला लगाएका हुन् ।

स्वास्थ्य मन्त्रालयमा आधारभूत स्वास्थ्य केन्द्रका लागि लोकदीटारवासीले निवेदन दिएका थिए। सो निवेदनमा वडा कार्यालय र नगरपालिकाले समेत सिफारिस गरेका थिए । मन्त्रालयबाट बजेट प्राप्त भए पनि निर्माण स्थलबारे सहमति नजुट्दा विवाद चुलिएको हो । हाल आधारभूत स्वास्थ्य केन्द्र वडा नं. १० को मुकाम छब्दीमा अवस्थित भाडाको भवनमा सञ्चालन भइरहेको छ। तर स्थानीयले प्राप्त बजेटले सो भवन नबनाईकन लोकदीटारमै नयाँ भवन निर्माण गरिनुपर्ने माग गर्दै आन्दोलन चर्काएका छन् ।

स्थानीय आन्दोलनरत रहे पनि मेयर कृष्णराज पण्डित वार्ताका लागि उपस्थित भएनन् । उपमेयर खुमबहादुर विक ‘राजु’, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे र स्वास्थ्य शाखा प्रमुख ढालबहादुर थापा (डिबी) ले आन्दोलनकारीहरूसँग वार्ता गरे पनि कुनै निष्कर्षमा पुग्न सकेनन् । नगरपालिकाले एउटै वडाभित्र दुई वटा आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्न नीतिगत प्रतिबन्ध रहेको बताउँदै, विकल्पस्वरूप लोकदीटारमा शहरी स्वास्थ्य केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाएको थियो । तर, आन्दोलित स्थानीयहरूले सो प्रस्ताव अस्वीकार गर्दै मेयर स्वयंले जबाफदेही बन्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते
डिजिटल भुक्तानीमा सरकारले लगाएको भ्याट विरुद्धको रिट खारेज
पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचारी ठहर
आज सुनको मूल्यमा सामान्य गिरावट
एकै व्यक्तिको दोहोरो जन्मदर्ता गर्ने वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा
प्रधानमन्त्री कार्की र इजरायली राजदूतबीच शिष्टाचार भेट
‘इन्द्रजात्राजस्ता सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकतालाई थप सुदृढ गर्छ’
उत्तर प्रदेश: ५ सन्तानकी आमा र अविवाहित युवक एउटै रुखमा झुण्डि*एको अवस्थामा मृ*त फेला
बरहथवामा प्रहरीकै अगाडि स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास, प्रहरी मूकदर्शक
आजको मौसम पूर्वानुमान : देशभर आंशिकदेखि साधारणतया बदली रहने