पाकिस्तानका प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षा कमिटीको आपत्कालीन बैठक बोलाए

nepaltathya_news nepaltathya_news
|
बुधबार, बैशाख २४, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २४ वैशाख, काठमाडौं ।
  • भारतको हवाई आक्रमणपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले राष्ट्रिय सुरक्षा कमिटीको आपत्कालीन बैठक बोलाएका छन् ।
  • बैठक स्थानीय समयानुसार बुधबार बिहान १० बजेका लागि बोलाइएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

 

२४ वैशाख, काठमाडौं ।

भारतको हवाई आक्रमणपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले राष्ट्रिय सुरक्षा कमिटीको आपत्कालीन बैठक बोलाएका छन् । बैठक स्थानीय समयानुसार बुधबार बिहान १० बजेका लागि बोलाइएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानका संघीय सूचनामन्त्री अतुल्लाह तरारका अनुसार, बैठकमा पाकिस्तानी सेनाका प्रमुख, गुप्तचर निकायका वरिष्ठ अधिकारी र सरकारका शीर्ष अधिकारीहरूको सहभागी हुनेछन् । बैठकमा अहिलेको राष्ट्रिय सुरक्षाको अवस्था, भारत आक्रमणको समीक्षा र आक्रमणको जवाफबारे छलफल हुनेछ । पाकिस्तान नियन्त्रित कश्मीरमा भएको भारतीय आक्रमणपछि उच्च सुरक्षा अधिकारीको बैठक बोलाइएको पाकिस्तानी सञ्चारमाध्यले डेली टाइम्सले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?