नीति तथा कार्यक्रम वाचन गर्न संसद् भवन पुगे राष्ट्रपति

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, बैशाख १९, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   १९ वैशाख, काठमाडौं ।
  • राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद् भवन पुगेका छन् ।
  • आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्नका लागि राष्ट्रपति पौडेल संसद् भवन पुगेका हुन् ।

 

१९ वैशाख, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद् भवन पुगेका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्नका लागि राष्ट्रपति पौडेल संसद् भवन पुगेका हुन् ।प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री र सांसदहरू संसद् भवन पुगिसकेका छन् । नीति तथा कार्यक्रममा युवामा आशा जगाउने, उद्यमशीलता, सीप विकास, स्टार्टअप, व्यावसायिक योजना, सरकारको खर्च वृद्धि गर्ने र सुशासन कायम गर्ने विषयमा नीति तथा कार्यक्रम केन्द्रित हुने जनाइएको छ ।

संघीय संसद् सचिवालयले यही वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची तय गरिसकेको छ । यस्तै, वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ । प्रि–बजेट छलफलका रूपमा त्यसलाई लिइएको छ । त्यसपछि नेपालको संविधानअनुसार आगामी, जेठ १५ गते आर्थिक वर्ष २०८२/८३ को बजेट संघीय संसद् बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वेस्ट इण्डिज ‘ए’विरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै
प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले घट्यो
बुधबार पनि बैंकिङ प्रणालीबाट २० अर्ब खिच्दै राष्ट्र बैंक
डिशहोमले ल्यायो १ जीबीपीएस गतिको इन्टरनेट, एकैसाथ ६४ डिभाइस जडान गर्न सकिने
जनकपुरमा आज राप्रपाको खबरदारी सभा
त्रिभुवन विमानस्थलको क्षमता विस्तार गर्न ४ अर्ब बजेट
दिल्लीमा ४ तले भवन भत्कियो, उद्धार कार्य जारी, एक बालिकाको शव भेटियो
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
कानूनमन्त्रीसहित रास्वपा र राप्रपासँग सभामुखको छलफल, तर भएन सहमति
सर्लाहीको नेपाल–भारत सीमामा रहेको ऐतिहासिक मन्दिर एसएसबीले भत्कायो, स्थानीय आक्रोश