ट्रकको ठक्करबाट पैदलयात्रीको मृ*त्यु

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, बैशाख १९, २०८२
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  •   १९ वैशाख, बागमती- पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–८ मा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।
  •   हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना५ख ७७१२ नम्बरको ट्रकको ठक्करबाट  राक्सिराङ गाउँपालिका–९ का  ७० वर्षीय गङ्गाबहादुर स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
  • बाटो काट्ने क्रममा स्याङतानलाई आज बिहान ठक्कर दिएको हो।

 

१९ वैशाख, बागमती-

पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–८ मा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।  हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना५ख ७७१२ नम्बरको ट्रकको ठक्करबाट  राक्सिराङ गाउँपालिका–९ का  ७० वर्षीय गङ्गाबहादुर स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

बाटो काट्ने क्रममा स्याङतानलाई आज बिहान ठक्कर दिएको हो। निजको घटनास्थलमा नै मृत्यु भएको हो। ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?