नेप्से ८.१४ अंकले घट्यो, कारोबार बढ्यो
सारांश
- १७ वैशाख,काठमाडौं : सेयर बजारले आज पनि ओरालो यात्रालाई निरन्तरता दिएको छ।
- अघिल्लो दिन १५.
- ०८ अंकले घटेको नेप्से परिसूचक आज ८.

१७ वैशाख,काठमाडौं :
सेयर बजारले आज पनि ओरालो यात्रालाई निरन्तरता दिएको छ। अघिल्लो दिन १५.०८ अंकले घटेको नेप्से परिसूचक आज ८.१४ अंकले घटेर २६२३.८३ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ०.३४ प्रतिशतले घटेर ४४२.०० विन्दुमा पुगेको छ। नेप्से घटेपनि कारोबार रकम भने मंगलबारको तुलनामा वृद्धि भएको छ। आज ३१४ स्क्रिप्सको २ करोड ४६ लाख ४१ हजार २६१ कित्ता सेयर ९ अर्ब ३७ करोड ४१ लाख २२ हजार ६५५ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो दिन ७ अर्ब मूल्य बराबरको सेयर कारोबार भएको थियो।

नेप्से घटेपनि तीन कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भयो। समाज लघुवित्त वित्तीय संस्था,नेपाल माइक्रो फाइनान्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।यसदिन भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको ५८ करोड मूल्य बढीको सेयर कारोबार भयो। यसैगरी नगदी ग्रुपकव ५२ करोडको सेयर कारोबार हुँदा सानिमा माइ हाइड्रोपावरको ५० करोड,अरुण भ्याली हाइड्रोपावरको ४२ करोड र हिमालयन पावरको ३५ करोड बढीको सेयर कारोबार भयो। चार समूहबाहेक अन्यको उपसूचक नकारात्मक देखिएका छन्। हाइड्रोपावर,मनु एण्ड प्रो,म्यु्चुअल फण्ड र ट्रेडिङ समूहको उपसूचक बढ्दा अन्य उपसूचक घटेका हुन्। कारोबारमा आएकामध्ये १०७ स्टक्सको मूल्य बढ्दा १३६ वटाको घट्यो। बाँकी एक स्टकको मूल्य भने स्थिर रह्यो।

प्रतिक्रिया