५ दिनदेखि बेपत्ता पतिपत्नी जंगलमा मृ*त फेला

nepaltathya_news nepaltathya_news
|
मंगलबार, बैशाख १६, २०८२
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  •   १६ वैशाख ,कञ्चनपुर ।
  •   कञ्चनपुरमा पतिपत्नी मृत अवस्थामा फेला परेका छन्।
  • पुनर्वास नगरपालिका–९ स्थित जनजागरण सामुदायिक वनमा उनीहरु मृत भेटिएका हुन्।

 

१६ वैशाख ,कञ्चनपुर । 

कञ्चनपुरमा पतिपत्नी मृत अवस्थामा फेला परेका छन्। पुनर्वास नगरपालिका–९ स्थित जनजागरण सामुदायिक वनमा उनीहरु मृत भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका एसपी चक्रराज जोशीका अनुसार पुनर्वास नगरपालिका–९ ‘ख’ गाउँका ६८ वर्षीय सगराम भुल र उनकी श्रीमती ६६ वर्षीया गंगादेवी भुल मृत भेटिएका हुन्।

उनीहरु यही वैशाख ११ गतेदेखि बेपत्ता थिए। पारिवारिक विवादपछि उनीहरु घरबाट ससुराली जान भनि हिँडेका थिए। तर उनीहरु ससुराली पनि नपुगेपछि दोस्रो दिन आफन्तले इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीमा निवेदन दिएका थिए। सोमबार साँझ सामुदायिक वनको बीचमा दुवैजना दोपट्टाले अलग अलग रुखमा झुण्डिएको अवस्थामा भेटिएका प्रहरीले जनाएकाे छ। घटनाको अनुसन्धान भइरहेको एसपी जोशीकाे भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ