रौतहटमा एक पुरुष मृ*त फेला

nepaltathya_news nepaltathya_news
|
शनिबार, बैशाख १३, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   १३ वैशाख, रौतहट ।
  • रौतहटको गौरमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।
  •   गौर नगरपालिका – १ अन्तर्गत गौर भन्सारको पूर्वपट्टिको बाटोमा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

 

१३ वैशाख, रौतहट ।

रौतहटको गौरमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।  गौर नगरपालिका – १ अन्तर्गत गौर भन्सारको पूर्वपट्टिको बाटोमा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । साँझ स्थानीयहरूले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

 त्यस लगतै प्रहरीको टोली घटनास्थलमा पुगेर मृतकको बारेमा अनुसन्धान थालेको प्रहरी प्रमुख दिलीप घिमिरेले  बताए ।  उनका अनुसार बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको हो, तर उनको अन्य विवरण भने खुल्न सकेको छैन । उनी मागेर खाने व्यक्ति रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । उनको उमेर करिब ३५ रहेको प्रहरीले जानकारी दिएको छ ।  फेला परेको बेवारिसे शव अहिले पोस्टमार्टमका लागि अस्पताल पठाइको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?