शिक्षामन्त्री भेट्न गएको महासंघको टोली भेट नगरी फर्कियो

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, बैशाख १२, २०८२
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  •   १२ वैशाख, काठमाडौं ।
  • नवनियुक्त शिक्षामन्त्रीसँग औपचारिक भेटका लागि गएको शिक्षक महासंघको टोली मन्त्रालय नै नपुगी फर्किएको छ ।
  • शिक्षामन्त्री रघुजी पन्तले आजै आन्दोलनतर शिक्षकहरूलाई वार्ताका लागि बोलाएका थिए ।

 

१२ वैशाख, काठमाडौं । नवनियुक्त शिक्षामन्त्रीसँग औपचारिक भेटका लागि गएको शिक्षक महासंघको टोली मन्त्रालय नै नपुगी फर्किएको छ । शिक्षामन्त्री रघुजी पन्तले आजै आन्दोलनतर शिक्षकहरूलाई वार्ताका लागि बोलाएका थिए । शिक्षक महासंघको टोली शिक्षामन्त्रीसँग भेट गर्न सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय गएको थियो । तर, मन्त्रालय नपुगी टोली फर्किएको हो ।

शिक्षक महासंघले मन्त्रीसँग भेट नगरी बीचबाट फर्किनुको कारण खुलाएको छ्रन् । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले समाजिक सञ्जालमा लेखेका छन्, ‘आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौं । तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं ।’ उनले कारण भने खुलाएनन् । अध्यक्ष सुवेदीले सिंहदरबार प्रवेशका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावलीबारे पनि अनभिज्ञता जनाएका छन् । सूची महासंघले तयार नगरेको उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टिपर दुर्घटनामा एकको मृत्यु
भाटभटेनीमा जलेका ६ वटा श*वको अझै पहिचान भएन
सामाजिक सञ्जालसम्बन्धी विधेयक आपत्तिजनक छ, जस्ताको त्यस्तै पारित हुन दिँदैनौँः महामन्त्री थापा
ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, पाँच जना घाइते
राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी
काठमाडौंको थलीमा एक पुरुषको श*व फेला
इजरायलमा इरानको कारबाही : मृ*तक संख्या २१ पुग्यो, अमेरिकी दूतावासमा क्षति
प्रतिबन्धित लागुऔषध सहित सर्लाहीबाट दुई युवक पक्राउ
सरकार नसुध्रिए जनताले देश बंगलादेश र श्रीलंका बनाउँछन् : राप्रपा सांसद सिहं