शनिबार र सार्वजनिक बिदा बाहेक सबै दिन संसद् बैठक बस्ने

nepaltathya_news nepaltathya_news
|
बुधबार, बैशाख १०, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   १० वैशाख,  काठमाडौं ।
  • प्रतिनिधिसभा बैठक अब शनिबार र सार्वजनिक बिदाबाहेक बाँकी सबै दिन सञ्चालन हुने भएको छ ।
  • संघीय संसद्का दुवै सदनको वर्षे अधिवेशन सुरु हुनुपूर्व विभिन्न दलका प्रमुख सचेतकहरुलाई आफ्नै कार्यकक्षमा बोलाएर सभामुख घिमिरेले बैठक सञ्चालनका उक्त प्रस्ताव गरेका थिए ।

 

१० वैशाख,  काठमाडौं ।

प्रतिनिधिसभा बैठक अब शनिबार र सार्वजनिक बिदाबाहेक बाँकी सबै दिन सञ्चालन हुने भएको छ । संघीय संसद्का दुवै सदनको वर्षे अधिवेशन सुरु हुनुपूर्व विभिन्न दलका प्रमुख सचेतकहरुलाई आफ्नै कार्यकक्षमा बोलाएर सभामुख घिमिरेले बैठक सञ्चालनका उक्त प्रस्ताव गरेका थिए । बैठकले सभामुखको उक्त प्रस्ताव अनुमोदन गरेको छ । पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद सञ्चालन गर्ने आवश्यक देखिएको उनको भनाइ थियो ।

सोही अनुसारको क्यालेन्डर वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिले तय गर्ने सहमति पनि बैठकमा भएको छ ।  बैठकमा सभामुख घिमिरेले भने, ‘संसदलाई सरकारको नीति तथा कार्यक्रम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्था बमोजिम पूर्वबजेट छलफल तथा बजेटको चाप परेको छ । विद्यालय शिक्षा विधेयकलाई पनि प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसदको छ । शिक्षकहरूले ऐन नलिई जान्न भन्नुभएको छ । उहाँले मलाई समेत भेटेर पहल गरिदिन भन्नुभएको छ । उपसमितिले वैशाख २३ सम्मको समयावधिभित्रै प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएको अवस्थामा यसलाई प्राथमिकता दिने गरी संसदले तयारी गरेको छ ।

जुनसुकै दिन विधेयक संसदमा प्रस्तुत गर्ने गरी क्यालेन्डरमा सुरक्षित गर्नेछौं । समितिको प्रतिवेदन आएलगत्तै संसदले पारित गर्ने प्रक्रिया सुरु गर्छ । निजामति विधेयक पनि समितिबाट आउने अवस्थामा छ । नीति तथा कार्यक्रम र बजेटका प्राविधिक सीमालाई ध्यान दिँदै शिक्षा, निजामति लगायतका विधेयक यही अधिवेशनमा पारित गर्न तयारी अवस्थामा रहनुपर्दछ ।’ संघीय संसद्का दुवै सदनको वर्षे अधिवेशन शुक्रबार सुरु हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरामा अवैध ‘ट्रान्स पार्टी’, ३८ जना समातिँदा १२ जनाविरुद्ध मुद्दा
विश्वासको मत पाउने निश्चित नभएपछि राजीनामा दिने तयारीमा मधेशका मुख्यमन्त्री
जेनजी आन्दोलन छानबिनः तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पत्र काट्ने तयारी
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा पुनर्विचार गर्न मानव अधिकार आयोगको आग्रह
बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ मा सुनुवाइ हुने
एआईजी बढुवा नहुँदा ६ विभाग एक महिनादेखि डीआईजीको भरमा
नगर प्रमुख जैसवारको  एकलौटी निर्णयले पचरौता नगरपालिकाको कामकाज ठप्प
नागढुंगा–पिप्लामोड सडकखण्ड २२ वैशाखदेखि १० दिन आंशिक बन्द हुने
आज कामिका एकादशी
भारतबाट फर्किएका पाँच जनामा कोरोना सङ्क्रमण