युक्रेनको कामदार ओसारपसार गर्ने बसमा ड्रोन आक्रमण, नौ जनाको मृत्यु

nepaltathya_news nepaltathya_news
|
बुधबार, बैशाख १०, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   १० वैशाख, किभ ।
  • युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा रुसी ड्रोन हमलामा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।
  • यस्तै दर्जनौँ घाइते भएको त्यहाँका गभर्नरले बुधबार बताएका छन् ।

 

१० वैशाख, किभ ।

युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा रुसी ड्रोन हमलामा कम्तीमा नौ जनाको मृत्यु भएको छ । यस्तै दर्जनौँ घाइते भएको त्यहाँका गभर्नरले बुधबार बताएका छन् । ‘दक्षिणपूर्वी सहर मार्गानेट्समा ‘शत्रुको आक्रमणबाट नौ जनाको ज्यान गयो,’ गभर्नर सेर्गी लिसाकले टेलिग्राममा लेखे, ‘घाइतेको सङ्ख्या निरन्तर बढ्दै गइरहेको छ ।’ उनले हाल घाइतेको सङ्ख्या ३० पुगेको जानकारी दिए । युक्रेनी अधिकारीहरूले रुसी आक्रमणपछि धेरै क्षेत्रमा आगलागी भएको पनि रिपोर्ट गरेका छन् ।

युक्रेनी अधिकारीहरूले रुसी आक्रमणपछि धेरै क्षेत्रमा आगलागी भएको पनि रिपोर्ट गरेका छन् । किभ, खार्किभ, पोल्टावा र ओडेसाका क्षेत्रहरूमा पनि आक्रमण भएको रिपोर्ट गरिएको छ ।रुसमा बेलगोरोड क्षेत्रमा भएको गोलाबारीमा एक जना घाइते भएको बताइएको छ । तीन वर्षभन्दा लामो द्वन्द्व अन्त्य गर्ने उद्देश्यले संयुक्त राज्य अमेरिका, युक्रेन र युरोपेली देशका दूतहरूले बुधबार बेलायतमा नयाँ चरणको वार्ता गर्ने क्रममा आक्रमण भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ