मोटरसाइकलको ठक्करबाट १ जनाको मृ*त्यु, २ घाइते

nepaltathya_news nepaltathya_news
|
मंगलबार, बैशाख २, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २ वैशाख, विराटनगर : मोटरसाइकलले ठक्कर दिँदा मोरङको ग्रामथानमा एक जनाको मृत्यु भएको छ।
  • मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार ग्रामथान गाउँपालिका–६ सोमबारेस्थित घिनाघाट सडकमा सोमबार साँझ ७:२० बजेतिर दुर्घटना भएको हो।
  • नेता चोकबाट झोराहाटतर्फ आउँदै गरेको को २२ प ९९८७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ग्रामथान–६ का अन्दाजी ६० वर्षीय अनन्तराम खवासको मृत्यु भएको लम्सालले बताए।

 

२ वैशाख, विराटनगर :

मोटरसाइकलले ठक्कर दिँदा मोरङको ग्रामथानमा एक जनाको मृत्यु भएको छ। मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार ग्रामथान गाउँपालिका–६ सोमबारेस्थित घिनाघाट सडकमा सोमबार साँझ ७:२० बजेतिर दुर्घटना भएको हो। नेता चोकबाट झोराहाटतर्फ आउँदै गरेको को २२ प ९९८७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ग्रामथान–६ का अन्दाजी ६० वर्षीय अनन्तराम खवासको मृत्यु भएको लम्सालले बताए। मोटरसाइकलमा सवार श्रीमान श्रीमती घाइते भएका छन्।

उनका अनुसार बाटो क्रस गर्दै गर्दा मोटरसाइकलले खवासलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट नर्सिङ होम पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएका हुन्।  दुर्घटनामा परेर मोटरसाइकल चालक मोरङको बूढीगंगा गाउँपालिका–७ का ४५ वर्षीय शशि गच्छदार र मोटरसाइकलको पछाडि सवार उनकै श्रीमती ३५ वर्षीया मनिका गच्छदार घाइते भएका छन्। सामान्य अवस्थाका दुवै जनाको उपचार जारी छ। मोटरसाइकललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?