१ सय ९ किलो लागूऔषध गाँजा र हतियार सहित एक युवक पक्राउ

nepaltathya_news nepaltathya_news
|
बुधबार, चैत्र २७, २०८१
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   २७ चैत, रौतहट : रौतहट प्रहरीले १ सय ९ किलोग्राम लागूऔषध गाँजा र हतियार सहित एक युवकलाई पक्राउ गरेको छ।
  • जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्तीको टोलिले ईशनाथ नगरपालिका-१ स्थित झोलुङ्गे पुलको पश्चिममा रहेको केरा घारीबाट लागूऔषध गाँजा र हतियार सहित एक युवकलाई पक्राउ गरेको हो।
  • रौतहट प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दिलीप घिमिरेका अनुसार गौर नगरपालिका-४ निवासी २१ वर्षीय सावन गिरीलाई पक्राउ गरीएको हो।

 

२७ चैत, रौतहट :

रौतहट प्रहरीले १ सय ९ किलोग्राम लागूऔषध गाँजा र हतियार सहित एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्तीको टोलिले ईशनाथ नगरपालिका-१ स्थित झोलुङ्गे पुलको पश्चिममा रहेको केरा घारीबाट लागूऔषध गाँजा र हतियार सहित एक युवकलाई पक्राउ गरेको हो।

रौतहट प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दिलीप घिमिरेका अनुसार गौर नगरपालिका-४ निवासी २१ वर्षीय सावन गिरीलाई पक्राउ गरीएको हो। पक्राउ परेका गिरीसँगै रहेका अन्य ६/७ जना व्यक्ति फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको उनले जानकारी दिए।

प्रहरीले गिरीको साथबाट १ सय ९ किलोग्राम लागूऔषध गाँजा र ८ एमएम केएफ लेखिएको लोडेड कटुवा पेस्तोल एक थान, ८ एमएम केएफ लेखिएको ३ राउन्ड गोली, रियलमी कम्पनीको स्क्रिनटच एक थान मोबाइल पनि बरामद गरेको छ। पक्राउ परेका गिरीलाई लागूऔषध तथा हातहतियार खरखजाना अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जडीबुटी प्रशोधन केन्द्रमा आगजनी गर्ने थप एक पक्राउ
लुम्बिनी प्रदेश लोकसेवा आयोगका अध्यक्ष र सदस्यले लिए शपथ
लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन
टेक्ससमा मुना पाण्डेको गोली हानी हत्या गरेको आशंकामा एक जना पक्राउ
रवीन्द्र मिश्रलाई सर्वोच्चमा उपस्थित गराइयो
मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने न्यायाधीश थारु र महर्जनमाथि छानबिन प्रक्रिया अघि बढाउने
आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै
राज्य व्यवस्था समितिलाई कर्मचारी सङ्गठनले बुझायो ध्यानाकर्षण पत्र
दलका जेनजीहरु भन्छन्: ‘मागहरु जायज छन् तर नेतृत्व र प्रक्रियामा खुशी छैनौं’
बालेनले हर्कलाई भने, ‘यू आर माई ट्रु लभ’