मकवानपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु

nepaltathya_news nepaltathya_news
|
सोमबार, चैत्र २५, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २४ चैत, हेटौंडा — मकवानपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
  • मकवानपुर मनहरी गाउँपालिका–९ खरङ्गास्थित पूर्वपश्चिम सडकखण्डमा बसको ठक्करबाट उदयपुर त्रियुगा नगरपालिका–९ का ५८ वर्षीय जितबहादुर प्रधानको सोमबार बिहान मृत्यु भएको हो ।
  • काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ६७१६ नम्बरको गाडी रोकी बाहिर शौचालय जानको लागि बाटो क्रस गर्ने क्रममा सोही दिशाबाट आउँदै गरेको ना ८ ख १८०९ नम्बरको बसले प्रधानलाई ठक्कर दिँदा मृत्यु भएको हो ।

 

२४ चैत, हेटौंडा —

मकवानपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मकवानपुर मनहरी गाउँपालिका–९ खरङ्गास्थित पूर्वपश्चिम सडकखण्डमा बसको ठक्करबाट उदयपुर त्रियुगा नगरपालिका–९ का ५८ वर्षीय जितबहादुर प्रधानको सोमबार बिहान मृत्यु भएको हो ।

काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ६७१६ नम्बरको गाडी रोकी बाहिर शौचालय जानको लागि बाटो क्रस गर्ने क्रममा सोही दिशाबाट आउँदै गरेको ना ८ ख १८०९ नम्बरको बसले प्रधानलाई ठक्कर दिँदा मृत्यु भएको हो । बसले ठक्कर दिएर घाइते भएपछि उपचारका लागि हेटौंडा अस्पताल ल्याएकोमा चिकित्कसले मृत घोषणा गरेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार बस चालक धादिङ सिद्वलेक गाउँपालिका–३ का २६ वर्षीय मोहन थापा मगरलाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?